२१ असार– धरान उपमहानगरपालिकाको मत गणनामा सत्तारुढ कांग्रेस–माओवादीले भरतपुर काण्ड दोहोर्याउने प्रयास गरेका छन् । मतगणनामा रहेका आफूपक्षीय कर्मचारीलाई प्रयोग गररी प्रावधिक गल्ती गर्न लगाउने र त्यसैलाई निहुँ बनाएर मतगणना अवरोध गर्ने नयाँ शैली कांग्रेस माओवादीले अपनाएका हुन् ।भरतपुरमा माओवादी प्रतिनिधिले योजनावद्ध रुपमा मतपत्र च्यातेपछि त्यसैलाई आधार बनाएर मतगणना गरिएको नजिरलाई अली फरक शैलीमा कांग्रेस माओवादीले धरानमा अवलम्बन गरेका हुन् ।

यस्तो छ धरानको घटनाक्रम
असार १९ गते बिहानै देखि धरान–९ को मत गणनाको तरखरमा निर्वाचन आयोग थियो । मतगणना ढिलाई भइरहेको जनअसन्तुष्टिलाई सम्बोधन गर्न थप कर्मचारी मागाउने र धेरै समुहमा मतगणना गर्ने निर्णय अनुरुप इटहरी र दुहवीमा मतगणनामा रहेका कर्मचारीलाई झिकाइयो । धेरै समुहमा विभाजन गर्न कर्मचारी अपुग भएपछि शिक्षकलार्इ समेत मत गणकको रुपमा लिने भन्ने आयोगको योजना मुताबिक ९ जना शिक्षकलाई मतगणनाका लागि मगाइएको थियो ।त्यसपछि वडा नम्बर ९ को मतगणना सुरु भयो । नयाँ मगाइएका शिक्षक मध्ये एकजना गणक थिए शिक्षक मानबहादुर कार्की । मतगणनामा रहेका शिक्षक कार्कीले माओबादी केन्द्रको उप–मेयरमा खसेको ३४ मत अनुसूचिमै नभएको माओबादी केन्द्रकै उप–मेयरको गणनाको लागि मालेको मत संकेतलाई केरमेट गरेर त्यहि कोलममा राखिदिए । यसकारण त्यहाँ विवाद निम्तियो । उनले संघीय समाजवादी फोरमको मसालमा आएको मतलाई पनि त्यहि छेउमा लगेर जोडी दिए । कार्कीका तर्फबाट मानवीय त्रुटी भएर त्यस्तो भएको पनि हुन सक्छ वा नियत पनि हुन सक्छ । तर, मतमा अग्रता लिंदै गएको एमालेलाई यसले सशंकित बनायो ।

को हुन् गल्ति गर्ने कर्मचारी ?
आयोगबाट कर्मचारी थप्ने क्रममा खेमचन्द्र सुबेदी (धरान स्रोत केन्द्रका स्रोत व्याक्ति) जो माओवादी केन्द्रको कार्यकर्ता पनि हुन्, लार्इ थप कर्मचारीको ब्याबस्थापन गर्न जिमेवारी तोकेका थिए । उनले असार १९ गते बिहान ९ नम्बरको मत गणनाको बेला ६ जना कर्मचारी मगाए । त्यहि मध्येका एक थिए मानबहादुर कार्की । माओवादीका शिक्षकलाई त्यहाँ विवाद खडा गर्ने उद्धेश्यले नै सुवेदीले भित्र्याएका थिए भन्ने पछि कार्कीले गरेको गल्तीबाट खुल्न थालेको छ । कार्कीले नै माओवादीको उपमेयरको ३४ मतलाई अनुसूचीमा आफैं नयाँ स्तम्भ खडा गरेर राखेका थिए, जुन गल्ती थियो । अनुसूचीमा कार्कीले खडा गरेको नयाँ स्तम्भमा माओवादीको ३४ मत राखिएको र संघीय समाजवादी फोरमको मत पनि त्यही जोडिएको अनुसूची जव सहायक निर्वाचन अधिकृत गणेश खतिवडाको हातमा आयो तब उनी यो गल्ति देखेर छक्क परे ।

सहायक निर्वाचन अधिकृतले एउटा दलको मत उसैको अनुसूचीको स्तम्भमा राख्न र एउटाले पाएको मत अर्काेमा नमिसाउन जव भने मतगणनामा बखेडा झिक्ने पूर्वयोजनामा रहेका कांग्रेसका सुजेन्द्र गोले र माओबादी सुदर्शन श्रेष्ठले एमालेका तर्फबाट मत इन्ट्रमा गल्ती भएको भन्दै सामाजिक सञ्जाल मार्फत प्रचार गराए । उनीहरुले एमालेका कर्मचारी निकाला भए भन्नेसम्मको प्रचार सञ्चार माध्यमबाट गराए । तर, वास्तविकता अर्कै थियो । माओवादी स्थानीय नेता खेमचन्द्र सुवेदीले भर्ती गरेका मानबहादुर कार्कीले गरेको गल्तीबाट विवाद सुरु भएको थियो र उनीहरु अवरोधका लागि विवा झिक्ने योजनामै थिए । सुवेदीले बोलाएका शिक्षकले गणना भएको मत गल्ती रुपमा इन्ट्री गरेको खुलेपछि निकालिए । तर, कांग्रेस र माओवादीले यसबाट अवरोधका लागि दोहोरो भूमिका निभाएका छन् । एकातिर आफैंले बोलाएका कर्मचारीले योजनावद्ध गरेको गल्तीलाई एमालेका तर्फबाट गल्ती भएको भन्दै प्रचार गर्ने र अर्काेतिर उनीहरु गल्तीका कारण त्यहाँबाट निकालिएपछि मतगणना स्थगित गर्नु पर्छ भन्दै बाहिर नारावाजी गर्न थाले ।

भरतपुरको अर्काे रुप
भरतपुरमा सिधै बाँदर झैं उफ्रिएर माओवादीका गणना प्रतिनिधिले मतपत्र च्यातेका थिए । धरानमा भने मतपत्र च्यात्ने शैली अलोकप्रिय भएकाले कांग्रेस–माओवादीले फरक शैली अपनाए । गणनामा कर्मचारी नपुगेको भन्दै आफैंले सिफरिस गरेका कर्मचारी बोलाए । तिनैलाई जानाजान गल्ती गर्न लगाएर कृतिम विवाद खडा गराए । त्यही गल्ती देखाउँदै गणना स्थगित गर्न बाहिर नारावाजी पनि गरे ।

के भएको थियो १९ गते राती ?
१९ गते राती ९ नम्बर वडाको मत गणना गर्दा अर्काे समुहमा वडा नम्बर १० को पनि गणना भइरहेको थियो । ९ को मत गणनामा माओवादीले झिकाएका गणक शिक्षक कार्कीले गल्ती गरेको खुलेको थियो र त्यही गल्तीलाई देखाउँदै माओवादी र कांग्रेस आफैं होहल्ला गरिरहेका थिए । १० नम्बर वडाको फाइनल भइसकेको थियो । ९ नम्बर वडाको माओवादी कर्मचारी मानबहादुर कार्कीका कारण विवाद भएपछि खाना खाएर आउने र १ र १० को एकैसाथ घोषणा गर्ने भन्दै निर्वाचन अधिकृत खाना खान गए । त्यसबेला रातीको १० बजेको थियो । त्यसबेलासम्म तीन ठाउँमा गणना गर्ने भन्दै वडा नम्बर ११ को पनि मतपेटिका खोलिएको थियो । तर, माओवादीले झिकाएका कार्कीले गरेको गल्ती देखाउँदै माओवादी कांग्रेसले गणना भइसकेको १० नं वडा र ९ नं वडाको पनि घोषणा गर्न नहुने अड्डी लिए । त्यसपछि सबै खोलिएका मतपत्रलाई मुचुल्कामा शिलबन्दी गरेर २० गते सर्वदलीय बैठक बस्ने भन्दै स्थगित गरियो ।

२० गते बैठक बस्यो त्यसमा निर्वाचन आयोगले तीनवटा प्रस्ताव ल्यायो ।ती प्रस्ताव यस्ता थिए– १० नम्बर वडाको मत गणना सकिएकाले त्यसलाई घोषणा गर्ने । वडा नम्बर ११ को तीन ठाउँमा गणना गर्ने । गणक कार्कीले माओवादी उपमेयरको छुट्टै स्तम्भ बनाएर इन्ट्री गरेको ३४ मतलाई संघीय समाजवादी फोरमको मतबाट अलग गरी रिटोटलिङ गर्ने, ११ नं वडाको गणना भइसकेको २०९ मतलाई पुन गणना गर्ने । लगातार ८ घन्टासम्म गणनामा बसेका गणक कर्मचारीहरुलाई फेर्ने र २४ घन्टापछि मात्रै उनीहरुलाई फेरि गणनामा सामेल गर्ने । आयोगले ल्याएको सो प्रस्तावमा दलका प्रतिनिधिबीच सहमति भयो । तर, बाहिर कांग्रेस माओवादीको नारावाजी रोकिएको थिएन । तर, २१ गते विहान विना बैठक निर्वाचन अधिकृतले सूचना जारी गरी अर्काे निर्णय नहुन्जेलसम्मका लागि मतगणना स्थगित भएको सूचना जारी गरेका छन् । चौतारी अनलाइन बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah