बीबीसीको साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति र प्रस्तुतिलाई लिएर विभिन्न टीका–टिप्पणी भइरहेका छन् । कार्यक्रममा सहभागीले प्रधानमन्त्रीलाई गरेको अपमानपूर्ण व्यवहार र प्रधानमन्त्रीको अनुत्तरदायी जवाफपछि नेपालीबीच विश्वव्यापी रुपमै अहिले प्रधानमन्त्रीलाई उक्त कार्यक्रमा अन्तर्वार्ता दिनका लागि सल्लाह दिने को होलान् भन्ने जिज्ञासा पैदा भएको छ ।
प्रधानमन्त्रीले आफ्नो प्रेस सल्लाहकार वा संयोजक नराखिसकेको अवस्थामा ‘साझा सवाल’ ले कोसँग संयोजन गरेर उक्त कार्यक्रममा प्रधानमन्त्रीलाई राख्न सफल भयो आमचासोको विषय बनेको छ । प्रधानमन्त्रीको कार्यकाल सय दिन नपुगिसकेको, टेलिभिजनमार्फत नै जनतालाई भन्नुपर्ने कुनै विषय भए सरकारी टेलिभिजनको प्रयोग कुनै पनि बेला गर्न मिल्ने र सकिने अवस्थामा एक्कासि साझा सवालमा प्रधानमन्त्री कसरी पुग्नुभो ?
अन्तर्वार्तालाई लिएर चिन्ता र चर्चा गर्नेमध्ये धेरैले यो प्रश्न गर्ने गरेका छन् । प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीको अन्तर्वार्ताका लागि साझा सवालले उहाँकी पत्नी सांसद आरजु राणा देउवामार्फत प्रस्ताव गरेको थियो । आरजुले उहाँ मिडियामा त्यति आउन चाहने मान्छे त होइन तर म कन्भिन्स गर्छु भनेर बीबीसी साझा सवाललाई वचन दिनुभएको र सोहीअनुरुप समय तोकिएको बुझिएको छ ।
प्रधानमन्त्री देउवाले औपचारिक प्रेस सल्लाहकार राखि नसक्नु भए पनि उहाँनिकट पत्रकारको खाँचो भने थिएन । तर, साझा सवालमा जाने कि नजाने ? केका लागि जाने ? आफ्नो एजेण्डा के हो ? त्यहाँ गएर आफूले दिने सन्देश के हो ? भन्नेबारेमा कसैसँग पनि छलफल गरिएको थिएन । बिहान अबेरसम्म सुत्न रुचाउनु हुने र मिडियामा देखा पर्न नचाहने प्रधानमन्त्री देउवालाई पत्नीको सल्लाहमा ९ बजेको अन्तर्वार्ताका लागि बिहानै तयार गरिएको थियो ।
असार १८ गते आइतबार प्रसारण गरिएको साझा सवालका लागि १६ गते शक्रुबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा सुटिङ गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्रीलाई प्रश्न सोध्नका लागि पहिल्यै तय गरिएका सहभागीलाई साढे आठ बजे नै बालुवाटार बोलाइएको थियो, खबर घटना र विचारमा उल्लेख छ ।
कार्यक्रममा प्रधानमन्त्री देउवाको प्रस्तुति कमजोर हुनुमा उहाँ स्वस्फुर्त रुपमा आफ्ना कुराहरु राख्न टेलिभिजनसमक्ष पुग्नु भएको नभई पत्नीको आग्रह या ‘मैले वचन दिइसकें’ भन्ने शैलीको दबाब टार्न नसकेका कारणले मात्र भएको बालुवाटार सूत्रले जनाएको छ ।
बीबीसीको साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति र प्रस्तुतिलाई लिएर विभिन्न टीका–टिप्पणी भइरहेका छन् । कार्यक्रममा सहभागीले प्रधानमन्त्रीलाई गरेको अपमानपूर्ण व्यवहार र प्रधानमन्त्रीको अनुत्तरदायी जवाफपछि नेपालीबीच विश्वव्यापी रुपमै अहिले प्रधानमन्त्रीलाई उक्त कार्यक्रमा अन्तर्वार्ता दिनका लागि सल्लाह दिने को होलान् भन्ने जिज्ञासा पैदा भएको छ । प्रधानमन्त्रीले आफ्नो प्रेस सल्लाहकार वा संयोजक नराखिसकेको अवस्थामा ‘साझा सवाल’ ले कोसँग संयोजन गरेर उक्त कार्यक्रममा प्रधानमन्त्रीलाई राख्न सफल भयो आमचासोको विषय बनेको छ ।
प्रधानमन्त्रीको कार्यकाल सय दिन नपुगिसकेको, टेलिभिजनमार्फत नै जनतालाई भन्नुपर्ने कुनै विषय भए सरकारी टेलिभिजनको प्रयोग कुनै पनि बेला गर्न मिल्ने र सकिने अवस्थामा एक्कासि साझा सवालमा प्रधानमन्त्री कसरी पुग्नुभो ? देउवालाई ताक्दै काङ्ग्रेसलाई निसाना ? अन्तर्वार्तालाई लिएर चिन्ता र चर्चा गर्नेमध्ये धेरैले यो प्रश्न गर्ने गरेका छन् । प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीको अन्तर्वार्ताका लागि साझा सवालले उहाँकी पत्नी सांसद आरजु राणा देउवामार्फत प्रस्ताव गरेको थियो । आरजुले उहाँ मिडियामा त्यति आउन चाहने मान्छे त होइन तर म कन्भिन्स गर्छु भनेर बीबीसी साझा सवाललाई वचन दिनुभएको र सोहीअनुरुप समय तोकिएको बुझिएको छ ।
प्रधानमन्त्री देउवाले औपचारिक प्रेस सल्लाहकार राखि नसक्नु भए पनि उहाँनिकट पत्रकारको खाँचो भने थिएन । तर, साझा सवालमा जाने कि नजाने ? केका लागि जाने ? आफ्नो एजेण्डा के हो ? त्यहाँ गएर आफूले दिने सन्देश के हो ? भन्नेबारेमा कसैसँग पनि छलफल गरिएको थिएन । बिहान अबेरसम्म सुत्न रुचाउनु हुने र मिडियामा देखा पर्न नचाहने प्रधानमन्त्री देउवालाई पत्नीको सल्लाहमा ९ बजेको अन्तर्वार्ताका लागि बिहानै तयार गरिएको थियो । राजनीतिक देउवाको अराजनीतिक बोली असार १८ गते आइतबार प्रसारण गरिएको साझा सवालका लागि १६ गते शक्रुबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा सुटिङ गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्रीलाई प्रश्न सोध्नका लागि पहिल्यै तय गरिएका सहभागीलाई साढे आठ बजे नै बालुवाटार बोलाइएको थियो, खबर घटना र विचारमा उल्लेख छ । कार्यक्रममा प्रधानमन्त्री देउवाको प्रस्तुति कमजोर हुनुमा उहाँ स्वस्फुर्त रुपमा आफ्ना कुराहरु राख्न टेलिभिजनसमक्ष पुग्नु भएको नभई पत्नीको आग्रह या ‘मैले वचन दिइसकें’ भन्ने शैलीको दबाब टार्न नसकेका कारणले मात्र भएको बालुवाटार सूत्रले जनाएको छ । न्यूज अभियान बाट



