काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न एअरलायन्सका विमानमा देखिएको समस्याबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति बनाएकाे छ ।

मन्त्रालयले आज बुधवार एक विज्ञप्ति निकालेर नेपालको आकाशमा उड्ने दर्ता भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान र हेलिकप्टरको अवस्था परीक्षण गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित छानबिन समिति बनाइएकाे जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा, क्यानका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सि.ए.टि.सि.अ प्रमोद नेपाल, क्यानका प्रबन्धक लक्ष्मण देवकोटा रहेको समिति बनाइएकाे उल्लेख छ ।

यही असोज ११ गते काठमाण्डौबाट ७७ यात्रु लिएर उडेको बुद्ध एअरको विमानमा खराबी देखिएको लगायत पछिल्लो समय विभिन्न कम्पनीका विमान र हेलिकप्टरमा प्राविधिक समस्या देखिएकाले यस्तो समस्या समाधानमा सहयोग पुगोस् भन्ने ध्येयका साथ छानबिन समिति बनाएकाे आयोगका प्रवक्ता तारानाथ अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah