काठमाडौं / आज पनि नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । आज नेपाली बजारमा सुनको मूल्य रू २०० ले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजाे बुधबार छापावाल सुन प्रतितोला रु ८८ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार २५० कायम गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १२० कायम गरिएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १५५ थियो ।



