बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन हो ।
कम्पनीले असोज ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।
कुल निष्काशनमध्ये २ प्रतिशतले हुने १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाइन्छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल छ । बुधबार साँझसम्म कम्पनीको आईपीओमा १५ लाख ७७ हजार ८ आवेदकले २ करोड १ लाख २५ हजार ३७० कित्ता शेयर माग गरिसकेका छन् ।
कम्पनीले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ४ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
बुद्धभूमिले नुवाकोटमा ५ मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah