हेटौंडा, १४ असोज । नेकपा एमालेको बागमती प्रदेश कमिटी ४७७ सदस्यीय बनेको छ । आनन्द पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटीलाई बिहीबार पूर्णता दिइएको छ ।

प्रदेश कमिटीको सूची बिहीबार नै पार्टी कार्यालयमा बुझाइएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनकाअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम भने प्रदेश कमिटीभन्दा माथि राखेर पठाइएको छ ।

जसमा अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष र रामबहादुर थापा ‘बादल’ लाई इञ्चार्ज भनिएको छ । सहइञ्चार्जमा काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र डोरमणि पौडेल छन् । एमालेले ४७७ सदस्यीय बागमती प्रदेश कमिटी गठन गर्दा अष्टलक्ष्मी शाक्यलाई वरीयताको पहिलो नम्बरमा राखेको छ । बिहीबार सार्वजनिक प्रदेश महाधिवेशन आयोजक कमिटी इञ्चार्जमा फागुन २३ को सर्वोच्चको फैसलापछि माओवादीबाट एमालेमा आएका नेता रामबहादुर थापा ‘बादल’ यथावत छन् ।

सर्वोच्चको फैसला अनुसार पार्टीलाई २०७५ जेठ २ मा लैजाँदा अष्टलक्ष्मी शाक्य इञ्चार्जमा फर्किन्थिन् । तर एमालेले बागमती र सुदूरपश्चिममा बादल र लेखराज भट्टराई इञ्चार्जमा यथावत राखेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्दा शाक्य प्रदेश इञ्चार्ज हुनुपर्ने हो । तर अहिलेसम्म बादलले नै इञ्चार्जको भूमिका निभाउँदै आएका छन् । यसबारे पोखरेल भन्छन्, ‘मैले मेरो मातहतको कमिटी बनाएको हुँ । केन्द्रीय कमिटीमा भएका नेताहरुको जिम्मेवारीबारे केन्द्रीय कमिटीले नै निर्णय गर्ला ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah