किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उर्लाबारी मोरङका चूडामणि उप्रेती उर्फ गोरेसहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो।

यस्तै राजन कुमार र मदनप्रसाद घिमिरेलाई क्रमशः ३ बर्ष र ६ महिना कैद तोकिएको छ ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय तोकिएको जानकारी दिनु भयो ।

फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उहाँले जानकारी दिनु भयो ।

गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थियो।

मुद्दाको मुख्य प्रतिवादी गोरे भनिने चुडामणी उप्रेतीसहित ७७ जना थिए । उनीहरु विरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरिर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो ।

अभियोग पत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी अधिकारीले भन्सारबाट सुन छिराउन सहयोग गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको थियो ।

तस्करीको सुन भने अझै फेला परेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah