कोरोना कहर केही साम्य भएको अवस्थामा मकवानपुरका विभिन्न स्थानका किसानले उत्पादन गरेका करिब एक हजार खसीबोका यस वर्षको दशैंमा काठमाडौं पठाइने भएको छ । यस वर्ष खाद्य संस्थानले दशैंमा करिब एक हजार खसीबोका काठमाडौं ढुवानी गर्ने लक्ष्य राखेको हो ।

मकवानपुरमा एक सयभन्दा बढी व्यावसायिक बाख्रा फार्म छन् । ती फार्ममा ३ लाख खसीबोका र बाख्रा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र हेटौंडाका पशु विकास अधिकृत सुशील केसीको भनाइ छ । ठूलो संख्यामा खसीबोका जिल्लामा उत्पादन हुने गरेको छ । उहाँका अनुसार ८० प्रतिशत स्थानीय उत्पादन हुन्छन् ।पछिल्ला वर्षमा जिल्लाका ग्रामीण क्षेत्रमा व्यावसायिकरुपमा बाख्रापालन थालिएको छ ।

ग्रामीण क्षेत्रमा सहकारीमार्फत् खसीबोका उत्पादन र बजारीकरण गरिँदै आएको छ । मुख्यरुपमा पहाडी क्षेत्रमा व्यावसायिक खसीबोका उत्पादन गरिँदै आएको छ । जिल्लाको जितपुरभञ्याङ र उत्तरी चित्लाङमा बढी संख्यामा खसीबाख्रा उत्पादन हुने गरेको माछामासु व्यवसायी संघले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र हेटौंडाको तथ्यांकअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक २ सयको हाराहारी खसीबोका खपत हुने अनुमान छ । कार्यालयका पशु विकास अधिकृत सुशील केसीका अनुसार दशैंका १५ दिनमा दैनिक भैंसी र राँगा गरी १ सय ६० वटा खपत हुने अनुमान छ ।

अन्य समय भैंसीराँगा ७०–८० वटासम्म र खसीबोका ७० वटासम्म दैनिक खपत हुने गरेको छ । तर, अघिल्लो वर्ष कोभिडका कारण खपतमा कमी आएको थियो ।जिल्लामा वार्षिक १ हजार ७ सय ३९ मेट्रिकटन खसीबोकाको मासु उत्पादन हुने तथ्यांक छ । भैंसीराँगाको मासु ४ हजार ८७ मेट्रिकटन, बंगु्रको १ सय ९६, कुखुरा÷हाँसको ७ हजार ९ सय ७२ मेट्रिकटन खपत हुने विज्ञकेन्द्र हेटौंडाको तथ्यांक छ ।

गत वर्ष कोरोना महामारीका कारण प्रशासनले निषेधाज्ञा लगाउँदा खसीबोकाको ब्यापारमा कमी आएको थियो । तर, यस वर्ष भने विदेशबाट आफन्त आउने देखिएकाले गत वर्षको तुलनामा स्थानीयस्तरमा पनि ब्यापार बढ्ने माछामासु व्यवसायी संघ मकवानपुरले जनाएको छ ।
दशैंको चहलपहल शुरु भइसकेका कारण हेटौंडा–१०, बसपार्कस्थित खसीबोका बजारमा दैनिक ७ सयसम्मको संख्यामा कारोबार हुने गरेको छ ।

खसीबोका तथा बाख्रा खरिदबिक्री केन्द्रले गाउँगाउँबाट खसीबोका खरिद गरेर ब्यापारीले सीधै काठमाडौं लैजान थालेपछि हेटौंडामा खसीबोकाको ब्यापार घटेको बताएको छ ।बिक्री केन्द्रमा नामटार, बस्तीपुर, मनहरी, ज्यामिरे, फापरबारी, शिखरकटेरीलगायत स्थानबाट पनि खसीबोका ल्याइने गरेको छ । अन्य जिल्ला तथा भारतबाट यस वर्ष खसी हेटौंडामा नआएको ब्यवसायीको भनाइ छ ।

स्थानीय बजारमा हाल खसीको मासु एक हजार रुपियाँ, राँगाको ४ सय ४० रुपियाँ, भैसीको ४ सय रुपियाँ, बाख्राको ७ सय रुपियाँ, पाठीको ८ सय रुपियाँ प्रतिकेजी मूल्य छ । वर्षेनी दशैंको बेला छोपेर मूल्यबृद्धि गर्दै आएका व्यवसायीले यस वर्ष भने मूल्यवृद्धि नगर्ने बताएका छन् । जिल्लामा गत वर्ष दशैंको तुलनामा यस वर्ष खसीबोका तथा राँगाको ब्यापार करिब डेढ गुणाले बढ्ने अनुमान गरिएको माछामासु व्यवसायी संघ मकवानपुरका महासचिव नारायण राजथलाले बताउनुभयो ।

पहिले भारतबाट खसीबोका आयात हुने गरे पनि पछिल्लो समय स्थानीय उत्पादनले माग धान्दै आएको छ,’ बागमती प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेका अनुसार पछिल्लो एक वर्षयता भारतबाट खसीबोका आयात हुन छाडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah