सत्ता गठबन्धन आवद्ध दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार प्रक्रिया लम्बिएको छ । बुधवार बसेको गठबन्धन दलका नेताहरूको बैठकमा दलहरूबीच मन्त्रालय भागबण्डा टुंगिएको बताइए पनि नेकपा ‘एकीकृत समाजवादी’ र जनता समाजवादी पार्टीको असन्तुष्टिका कारण मन्त्रिपरिषद् विस्तारको मिति अन्योलमा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार गरिने बताएका थिए । तर, नेकपा ‘एस’ले मन्त्रालय चित्तबुझ्दो नपाएको भन्दै बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकबाट मन्त्रालयमा कुरा मिलेपछि मात्र मन्त्रीको नाम दिने निर्णय गरेको थियो ।

सो निर्णयलगत्तै गठबन्धन दलका शीर्ष नेताबीच बालुवाटारमा जारी बैठकबाट नेकपा ‘एस’ अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । उनले मन्त्रालय भागबण्डामा पुनर्विचार भएमात्र मन्त्रीको नाम दिने बताएर बैठकस्थल छाडेको नेकपा ‘एस’का एक नेताले न्युज कारखानालाई बताए

ती नेताका अनुसार देउवाले आफ्नो पार्टीको भागमा परेको मन्त्रालयमा पुनर्विचार नगरे अब दसैंअघि मन्त्रिपरिषद् विस्तार असम्भव छ । नेपाल बैठकस्थलवाट बाहिरिएपनि अन्य नेता भने छलफलमै छन् । जसपाले पनि आन्तरिक सहमति मजबुद भइनसकेको भन्दै देउवालाई मन्त्रीको लिष्ट उपलव्ध गराइसकेको छैन । यद्यपि, पार्टीका नेताहरू अहिले पनि छलफलमै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah