तडी — दसैं नजिकिँदै गर्दा भारतका विभिन्न सहरतिर पसेकाहरू नेपालीहरू यतिबेला घर फर्कन थालेका छन् । केही दिनयता भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्दै गएको छ । कामको लागि भारत गएको महिनौंपछि दसैंको लागि घर फर्किएको सिमानाका झुलाघाटमा भेटिएका बैतडीको पुर्चौडी नगरपालिकाका विनोद पार्कीले बताए ।अघिपछि परिवार पाल्नका लागि घर बस्न नपाए पनि दसैं परिवारसॅंगै मनाउने योजना साथ घर आएको उनले सुनाए । महिनाभरि काम गरेको पैसाले परिवारका सदस्यलाई लुगाफाटो पनि किनेर ल्याएको उनले बताए ।

आफू पनि दसैंको लागि मात्र घर फर्किएको दशरथचन्द नगरपालिकाका करन बोहराले बताए । गाउॅमै दसैको रमाइलो गर्ने भन्दै एक वर्षपछि घर आएको उनले सुनाए । कामको लागि भारतै जानपर्ने बाध्यता भएको बताउदै उनले भने, ‘चाडबाडको बाहनामा पनि घर आउन पाएँ, खुसी लागेको छ । दसै सकेर फेरि फर्किनै पर्छ ।’

देशमै रोजगारीको व्यवस्था भएको भए यसरी लाखौं नेपाली भारत जानुपर्ने बाध्यताको अन्त हुने उनले सुनाए । आफू जस्तै प्रदेशिएका धेरै दाजुभाइ दसै र तिहारको लागि घर आउन थालेका उनले बताए । अहिले झुलाघाट नाकाबाट दैनिक २ सय बढि नेपालीहरू नेपाल फर्किन थालेका छन् । नेपाल आउनेको संख्या बढेको र भारत जाने भने घटेका छन् । दिनको २/४ जना मात्र पारि जान थालेका सीमामा खटिएका सुरक्षाकर्मीहरूले बताए । रोजगारीका लागि भारत पसेका सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय दैनिक रूपमा स्वदेश फर्कने गरेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ ।

यस्तै, नेपाल घर भएका भारतमा बसोबास गर्ने नेपालीहरू पूजाआजाको लागि पनि स्वदेश फर्किदैछन् । आफ्नो कुल देवताको पूजाआजाको लागि बैतडीका विभिन्न गाउॅमा पुर्ख्यौली घर भएकाहरू जिल्ला आउन थालेका छन् । घटस्थापनाको दिनबाटै जिल्लामा पूजाआजाको कार्य सुरु हुन्छ । यहा दसैंको समयमा व्रत बसेर पूजापाठ गर्ने चलन छ । भारतमा बस्ने भए पनि दसैको पूजाको लागि नेपाल माइती घर फर्किएको जानकी चन्दले बताइन् ।

यस्तै, दसैं र तिहारको समयमा दैनिक उपभोग्यका सामग्रीसँगै नयाॅ कपडा किन्नको लागि पनि जिल्लाका स्थानीय भारतीय सीमा बजार झुलाघाट जाने गरेका छन् । पारि सस्तो पाइने भन्दै दैनीक सयौं नागरिकहरू भारतीय बजारबाट सामान खरिद गरेर ल्याउने गरेका झुलाघाटका स्थानीय व्यापारी जयसिंह भाटले बताए । यो समयमा अन्य समय भन्दा भीडभाड धेरै भएको उनले बताए ।

सीमानाकामा कोरोना परीक्षण

झुलाघाट नाकाबाट दसैंका लागि घर फर्कने सबैको सीमामै कोरोना परीक्षण गरेर मात्रै पठाउने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सीमामै एन्टिजेन परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकाहरूलाई मात्रै पठाइने गरिएको छ । कोरोना पोजेटिभ आएकाहरूलाई जिल्ला अस्पताल वा सम्बन्धित पालिकाका आइसोलेसनमा पठाइने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । कसैलाई होम आइसोलेसनको लागि सिफारिस गरिएको उनले बताए ।

झुलाघाट नाकामा गएको चैतदेखि सञ्चालन भएको हेल्थ डेस्कमार्फत कोरोना परीक्षणको काम हुँदै आएको छ । अहिले दसैंको समयमा बढी मानिस सीमा नाकाबाट फर्किने भएकाले कोरोना परीक्षण जारी रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah