बाजुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विरासत भत्किएको छ । शुक्रबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनमा सभापति सहित कार्यसमितिमा ८० प्रतिशत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष विजयी भएपछि देउवाको विरासत भत्किएको हो ।

यस अघिको १३ औँ महाधिवेशनमा कविराज पण्डित विजयी हुँदा देउवा पक्षको जिल्लामा हालीमुहाली थियो । यसपटक भने बाजुरामा देउवा पक्षले जति सुकै प्रयास गर्दा पनि मत परिणाम आफ्नो पक्षमा पार्न सकेन ।

क्रियाशील सदस्य विवादका कारण ढिलो गरी भएको निर्वाचनको परिणाम अन्ततः पौडेल र सिटौला पक्षमा गएको छ । कांग्रेसको १४ औँ महाधिवेशन तथा बाजुरा जिल्लाको सातौं जिल्ला अधिवेशनमा पौडेल–सिटौला पक्षले सह–सचिवको एक पद बाहेक सबै पदाधिकारीमा जित हात पारेको छ ।

विहीबार पहिलो चरणको मतदानमा उप–सभापतिमा पदम बडुवाल र नारायण पाध्याय, सचिवमा तिलकराज पुरी र भरत बहादुर रोकाया, सह–सचिवमा कृष्णराज पाध्याय विजयी भएका थिए । सह–सचिव एक पदमा मात्र विजयी भएका सुरेन्द्र बहादुर सिंह भने देउवा पक्ष रहेका छन् ।

सभापतिमा कबिराज पण्डित, रामसिंह रावल र चक्र शाह निर्वाचनमा होमिएका थिए । पहिलो चरणको निर्वाचनमा पार्टी सभापतिका लागि ५१ प्रतिशत मत नपाएपछि फेरी विहीबार मतदान भएको थियो ।

दोस्रा चरणको निर्वाचनमा भने रामसिंह रावल र कविराज पण्डितबीच प्रतिस्पर्धा भएको थियो । शुक्रबार विहान मत गणना सम्पन्न हुँदा रामसिंह रावल पार्टी सभापतिमा विजयी भएका हुन ।

रावलले ६ सय ५ मत ल्याएर नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सभापतिमा विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी कविराज पण्डित ५ सय ६६ मत ल्याई पराजित भए ।

रामसिंह रावलले ३९ मत बढी ल्याएर जित हात पारेका हुन् । सभापतिमा पराजित भएका निवर्तमान पार्टी सभापति कविरा पण्डित देउवा पक्षका हुन् ।

उप–सभापतिमा नारायण पाध्यायले ७ सय ४८ र पदम बडुवालले ७ सय ५६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी शेरबहादुर खातीले ४ सय ३२ मत प्राप्त गरी पराजित भएका हुन् ।

सचिवमा तिलकराज पुरीले ५ सय ६५ र भरत बहादुर रोकायाले ५ सय १४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रनसिंह अयडीले ४ सय ४२ र शिब बोहराले ४ सय १५ मत र राजेन्द्र शाह बिपीले १ सय २७ मत प्राप्त गरेका थिए ।

त्यस्तै सह–सचिवमा कृष्णराज पाध्यायले ४ सय ६६ र सुरेन्द्र बहादुर सिहंले ३ सय ८० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वीहरु धन बहादुर रावतले १ सय ६६, नन्द बहादुर रावतले ९१, प्रकाश रावल ३ सय ६४, मिन बहादुर भण्डारीको ३ सय १५ र मोहनसिंह कार्कीले २ सय ३३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सदस्यमा बडीमालिका नगरपालिकाबाट कृष्णराज उपाध्यायले ४ सय १ र धनलाल पाध्यायले ३ सय २७ मत ल्याएर विजयी भएका छन् । बुढीगंगा नगरपालिकाबाट महिला सदस्य सुर्जादेबी रावलले ३ सय १, पुरुष सदस्यमा प्रेम थापाले ३ सय ४५ र बलबहादुर थापाले २ सय ८९ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै त्रिबेणी नगरपालिकामा सदस्यमा करिस्मा ऐडी ३ सय ५३, राजेन्द्र खत्री ३ सय ३९ र जुद्ध बहादुर ऐडीले ३ सय २६ मत ल्याएर विजयी भएका छन् । खप्तड छेडेदह गाउँपालिकामा धर्मा बुढाको ३ सय २८ र कुम्भनाथ योगी ३ सय १४ मत ल्याएर विजयी भएका छन् । स्वामिकार्तिक गाउँपालिकामा अप्सरा शाहीले २ सय ४७ र हिक्मत बहादुर बुढाले २ सय ६ मत ल्याएर विजयी भएका छन् ।

खस आर्य खुला सदस्यहरूमा अन्तिम बहादुर शाही ४ सय ३३, अशोक बहादुर दानी ५ सय ४३, कपुर अधिकारी ३ सय ७, जयन्द्र शाह ३ सय ५, देब बहादुर रोकाया ५ सय १३ र मोहोन बहादुर भाट ३ सय ५५ मत ल्याएर विजयी भएका छन ।

दलित जनजाति समूहबाट तनी थापा भोटेले ३ सय ८४, दलित सदस्य साईमल ल्वार ४ सय ७८, बिरभान ल्वार ३ सय ९९ र अपाङ्ग अल्पसंख्यकबाट कृष्ण कुमार गिरीले ४ सय १७ मत ल्याएर विजयी भएका छन् ।

सभापतिका उम्मेदवार रामसिंह रावललाई केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे, नेता जनकराज गिरी, मान बहादुर रावल, युवा नेता चक्र शाहले साथ दिएका थिए ।
देउवा पक्षका सभापतिका उम्मेदवार कविराज पण्डितलाई देउवा पक्षको देवराज जोशी, पदम बहादुर शाही, महा नेपाली, पदमराज गिरी लगायत नेताहरूले साथ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah