अमेरिकी सैनिकको परमाणु पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेको छ। समुद्री सतहभित्र पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किएको जनाइएको छ। पनडुब्बी ठोक्किँदा १५ अमेरिकी सैनिक घाइते भएको जनाइएको छ।

यूएसएस कनेक्टिकट पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किँदा १५ सैनिक घाइते भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन्। के कारणले पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किन पुग्यो भन्नेबारे स्पष्ट नपारिएको बीबीसीले जनाएको छ।

ताइवानको वायु रक्षा क्षेत्रमा हालै मात्र चिनियाँ सैनिकले सैन्य विमान परेड गरिरहेका बेला यो घटना बाहिर आएको हो। अमेरिकी नौसनाका प्रवक्ताले ठोक्किएको जहाज अमेरिकी रक्षा क्षेत्रतर्फ अघि बढिसकेको बताएका छन्।

घटनापछि पनडुब्बीमा कुनै ठूलो क्षति नभएको र आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको ती प्रवक्ताले बताएका छन्। अमेरिकी सैनिकको यूएसएस कनेक्टिकट संसारकै सबैभन्दा बढी विवादित मानिने क्षेत्रमा परिचालित छ।

चीनले आसपासका अधिकांश समुद्री क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएको छ। तर चीनका छिमेकी र अमेरिकाले चीनको दाबीलाई अस्वीकार गर्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah