काठमाण्डाै – प्रतिनिधि सभाको आज शुक्रवारको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘सङ्घीय निजामती सेवा विधेयक २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । याे प्रस्तावलाई बहुमतले स्वीकृत भएकाे हो ।

त्यसैगरी बैठकले राष्ट्रिय सभामा उत्पत्ति भइ प्रतिनिधि सभामा विचाराधीन रहेको ‘रेल्वे विधेयक २०७६’ फिर्ता लिनका लागि राष्ट्रिय सभाको सहमतिका लागि सिफारिस प्राप्त गर्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभामा उत्पत्ति भइ प्रतिनिधि सभामा विचाराधीन रहेको ‘रेल्वे विधेयक २०७६’ फिर्ता लिनका लागि राष्ट्रिय सभाको सहमतिका लागि सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पनि यसअघिझैँ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले संवैधानिक सर्वोच्चता कायम गर, पदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, पार्टी फुटाउने षड्यन्त्र नगर, गैरसांसदलाई प्रवेश निषेध गर, यथास्थितिमा संसद् चल्न सक्दैन भनी चर्को नाराबाजी गरेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक असोज २५ गते सोमवार दिउँसो २ बजे बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah