बिष्णुप्रसाद पोखरेल
दमक /प्रदेश नं. १ मा नै पहिलो पटक कार्यकारी प्रमुख अर्थात गाँउपालिकामा अध्यक्ष भन्न सफल झापा कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले कसैले पनि बिभेद नगर्ने र आफूसंग पराजित उम्मेद्वारहरुसंग सहकार्य गरेर देशकै नमूना गाँउपालिका बनाउने प्रतिबद्धतता ब्यक्त गरेकीछन् ।
नेपाली काँग्रेसका अध्यक्षका उम्मेद्वार हुकुमसिं राइसंग बराबरी मत ल्याएर गोलाप्रथाबाट अध्यक्षमा निर्वाचित काफ्लेले आफूलाइ जनताले साथ दिएको र भाग्यले जित हासिल गराएको बताइन् ।
पुन मतगणना गर्ने की गोलप्रथा बन्ने भएपछि गोलप्रथामा जान दुबैजना उम्मेदवार सहमत भएका थिए । काफ्ले गोलाप्रथामा बिजेता बनेकी थिइन् भने राइले यसलाइ स्वीकार गरेका थिए । काफ्ले भनिन्—‘यो जित मेरो जित होइन समग्रमा कमलबासीहरुको जित हो ।’ 
महिलाहरुले केहि पर्न गर्न सक्दैनन् र मुख्य जिम्मेवारी दिनु हुदैन भन्ने सोचाइ राख्नेहरुलाइ कामले आफूले महिलाहरु पनि कम हुँदैनन् भन्ने देखाउने उनले जनाएकीछन् ।
काफ्लेले हिलोमा उम्रने कमलको फूल जति सुन्दर र सबैको आँखा जाने हुन्छ त्यसरी नै कमल गाँउपालिका नमूना बनाउने योजनाका साथ अघि बढ्ने बताएकीछन् ।
निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरु पुरा गर्ने भन्दै यस गाँउपालिकाका बासिन्दाहरुले शिर उच्च बनाएर आफ्नो ठाँउप्रति गर्व गर्न सक्ने अवस्था ल्याउने दाबी गरिन् ।
पहिलाको जस्तो स्थानीय निकाय अहिलेको नभएको भन्दै स्थानीय सकारको प्रमुखको रुपमा इमान्दारिताका साथ काम गर्ने भन्दै उनले भनिन्–‘जनताकोसाथ संगै भाग्यले पनि जिम्मेवारी दिएकाले यसलाइ म कहिल्यै नभुलि काम गर्नेछु । जसले यहाँका कोहि पनि नागरिकले शिर निहुरियाउनु पर्दैन । ’
अहिले पनि समाजमा महिलाहरुलाइ हेर्ने दृष्टिकोण सकारत्मक नरहेको र मुख्य जिम्मेवारी केहि पनि नदिने गरेको भन्दै कमल गाँउपालिकाले यसको अन्त्यका लागि आफूलाइ दिएको साथको कहिल्यै दुरुपयोग नगर्ने उनको भनाई रहेको थियो ।
काफ्लेले भनिन–‘जनताको घरदैलोमा पुगेर समस्या बुझेका छौ र ति समस्या सामधानका लागि लाग्ने छौ ।’ अब आफू कूनै राजनीतिक दलको अध्यक्ष नभएर गाँउपालिकाको नै अध्यक्ष भएको गाउपालिकाबासीले महसुस गर्ने उनको भनाइ छ ।



