वडा नंं. ९ को नतिजा आइसक्दा अब वडा नं. १० को कूल झरेको मतसंख्यालाइ आधार मान्ने हो भने पनि अब एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओली र उपमेयरकी उम्मेद्वार गिता अधिकारीको जित शुनिश्चित भएको छ ।
सम्भवत यहि गतिमा मतगणना हुने र कुनै बिबाद नआउने हो भने भोलीको सूर्योदय नआस्ताउनु अघि नै मेयरमा ओली र उपमेयरमा अधिकारी दुबैजना मेयर उपमेयर घोषणा भइसकेका हुनेछन ।
वडा नं. ८ मा मतान्तर केहि घटेका ओलीले फेरी ९ मा आएपछि आफ्नो मतान्तर समेटेकाछन् । अधिकारीको मत कुनै पनि वाडमा घटेको छैन प्रत्येक वाडमा अन्य उपमेयरका उम्मेद्वारभन्दा बढि मत ल्याएकाछन् ।
ओली दोश्रो पटक दमक नगरपालिकाको कुर्सिमा बस्नेछन् भने अधिकारीका लागि यो एउटा नयाँ अध्याय बन्नेछ । प्राध्यापन पेशाबाट संसदीय फाँटमा उनको यो पहिलो यात्रा हो ।
मेयर र उपमेयरलाइ काम गर्न पनि असहज हुनेछैन । नगरपालिकामा चुनिएकाहरुलाइ हेर्ने हो भने एमालेले सुबिधासम्पन्न र हदैसम्मको बहुमत प्राप्त गरेको छ ।
अधिकाँश ठाँउमा प्यानल नै जित हासिल गरेको छ । वडा नं. १ र ७ मा भने अध्यक्ष गुमाएको छ । जहाँ राप्रपाले बाजि मारेको छ ।



