अफगानिस्तान निकासीपछि तालिवानका वरिष्ठ नेता र अमेरिकी प्रतिनिधिबीच पहिलोपटक भेटवार्ता भएको छ । अफगान कुटनीतिज्ञाका अनुसार दुई देशबीचको सम्बन्धको नयाँ अध्याय सुरु गर्न दुवैबीच शनिबार पहिलो पटक कतारमा भेटवार्ता भएको हो ।

दुवै पक्षबीचको भेटको मुख्य उदेश्य मानवीय सहायता र तालिवानसँग गतवर्ष भएको सम्झौता कार्यान्वयनको लागि रहेको अफगानिस्तानका विदेशमन्त्री मुल्ला अमिर खान मुताकीले बताएका छन् । ‘अमेरिकाले अफगान नागरिकको लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने छ,’ उनले भनेका छन्, ‘हालै भएको भेटले दुई पक्षीय सम्बन्धमा नयाँ अध्याय सुरु हुने अपेक्षा राखिएको छ । तर अफगानिस्तान सरकारलाई कमजोर भने गर्न पाउने छैन ।’

अफगानिस्तानको आर्थिक सहयोगका लागि तालिवानले अन्य अन्तर्राष्ट्रिय निकायसँग पनि भेट्ने बताइएको छ । करिब २० वर्ष लामो अफगानिस्तान मिसनको अन्त्यको घोषणा गर्दै गत अगष्ट ३१ मा आफ्नो सेना झिकाएपछि अमेरिका र तालिवानबीच भएको यो पहिलो भेट हो।

अमेरिकाको सैन्य निकासीपछि तालिवानले सत्ता कब्जामा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah