काठमाण्डाै – शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाता र कात्यायनी भगवतीको पूजा आराधना गरिँदै छ।

नवदुर्गाको पाँचाैं दिनमा शक्ति स्वरुपा देवी स्कन्दमाताको पूजाआराधना गरिन्छ भने असोज शुक्ल षष्ठी तिथिमा शक्तिस्वरुपा देवी कात्यायनीको पूजा गरिन्छ ।

स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । यस्तै, कात्यायनीलाई साहसको प्रतीक मानिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय मान्यता छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah