झापा । झापा गाउँपालिका वडा नं ५ पन्थापडानजिकै विरिङ नदीको घाटमा एक व्यक्तिले बाँसको पुल बनाएर मानिसहरूलाई आवतजावत गर्न सजिलो बनाइदिएका छन् तर, त्यस बाँसको पुलबाट वारिपारि गरेबापत ठेकेदार अब्दुल सुहानले मनोमानी तरिकाले चर्को शुल्क लिने गरेका छन् ।

झापा गाउँपालिकाले विरिङ नदीको घाट ७० हजार रुपैयाँमा वडा नं ५ बस्ने प्रकाश गुरुङलाई ठेक्का दिएको थियो । गुरुङले ५० हजार रुपैयाँ नाफा खाएर १ लाख २० हजारमा विरिङ घाट वडा नं ५ पन्थापाडाका सुहानलाई बिक्री गरे ।

सुहानले विरिङ नदीको घाट आर्थिक वर्ष ०७८÷०७९ को लागि १ लाख २० हजार रुपैयाँमा आफूले गुरुङसँग ठेक्का लिएको प्रतिदिन दैनिकलाई बताए । ‘मानिसलाई आवतजावत गर्न सजिलो होस्, खोला वारपार गर्दा लुगाफाटा खोल्न झन्झट नहोस् , कोही पनि मानिसहरू जोखिम मोलेर पानीबाट वारपार नगरोस् भन्ने उद्देश्यले समाजसेवाको भावले आफूले उक्त बाँसको पुल पहिलो चरणमा ७० हजार रुपैयाँ खर्च गरेर बनाएको भोलिपल्ट नदीमा बाढी आएर बगाएर लग्यो’उनले भने । त्यसपछि फेरि १ लाख ५ हजार रुपैयाँ खर्च गरेर नयाँ बाँसको पुल बनाएको उनले बताए ।

बाँसको पुलबाट वारपारी गर्दा एक जना व्यक्ति र मोटरसाइकलको ५० रुपैयाँ , २ जना व्यक्ति र एक मोटरसाइकल ७० रुपैयाँ , एक व्यक्ति एक साईकल ३० रुपैयाँ र मानिस मात्रै हिँडे २० रुपैयाँ शुल्क लिने गरेको उनले बताए ।

जनताको गुनासो

विरिङ नदीमा बाँसको पुलबाट वारपार गर्दा झापा गाउँपालिकाले तोकेको दररेट भन्दा ठेकेदारले दोब्बर रकम असुल्ने गरेको कुमरखोद साना किसान सहकारी संस्थाका व्यवस्थापक रूपक राजवंशीले गुनासो पोखे । उनी भन्छन् ‘म एक्लो व्यक्ति र मोटरसाइकल भद्रपुरबाट घर फर्किने क्रममा ठेकेदार सुहानले जबरजस्ती एक सय रुपैयाँ लिए । त्यसै गरी झापा गाउँपालिका वडा नं १ का जनप्रतिनिधि कृष्णप्रसाद गणेश र उनकी श्रीमतीसँग पनि जबरजस्ती एक सय तीस रुपैयाँ लिएको उनीहरूले बताए । ‘जनप्रतिनिधिसँग त ठेकेदारले जबरजस्ती रकम असुल गर्छन् भने सर्वसाधारणले अव के आशा गर्छन् त स्थानीय सरकारसँग’ गणेशले प्रश्न गरे ।

विरिङ नदीको बाँसको पुलको बारेमा आएको जनगुनासोका सम्बन्धमा गाउँपालिकाका प्रशासकीय अधिकृत हिमाल मिश्रले गाउँपालिकाले तोकेको दररेटभन्दा बढी शुल्क लिएमा ठेक्का रुद्ध गरिने बताए । उनले आफूहरूले सूक्ष्म तरिकाले अनुगमन गरिरहेको बताउँदै शुल्क बढी लिएको पाइएमा कारबाही गरिने जानकारी दिए । टाइम्स अफ प्रदेश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah