चीनको सिचुवान प्राप्तको पुराङ काउन्टी जिल्लाले हुम्लाको नाम्खा गाउँपालिका र सो क्षेत्रमा सरकारी कार्यालयलाई १३ लाख चिनियाँ युआन बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ।

पुराङ काउन्टीले नाम्खा गाउँपालिकालाई आठ सय बोरा चामल, चार हजार ६ सय ८० बोरा मैदा, ६ हजार थान एन ९५ मास्क, ५८ हजार थान सर्जिकल मास्क, १० हजार थान हाते पन्जा, सात सय ५० किलो स्यानिटाइजर, दुई हजार थान सानो स्यानिटाइजर, दुई हजार तीन सय वटा सेतो पञ्जा, पाँच हजार वटा एनटिजेन किट, एक हजार वटा फेस मास्क र एक सय ६० थान थर्मोगन सहयोग गरेको हो।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चीनले उपलब्ध गराएको खाद्य सामग्रीमध्ये सशस्त्र प्रहरी बल सिमा सुरक्षा (बिओपी) हिल्सालाई ७५ बोरा चामल र २५ बोरा मैदा तथा हिल्साका स्थानीयलाई एक सय २५ बोरा मैदा, ६० बोरा चामल, नेपाल प्रहरी हुम्लालाई १० बोरा चामल, प्रहरी चौकी यारीलाई पाँच बोरा मैदा र २० बोरा चामल, प्रहरी चौकी याल्वाङलाई पाँच बोरा मैदा र २० बोरा चामल दिइने बताए। यसैगरी, सिटिजन्स बैंक याल्वाङलाई १० बोरा चामल र वडा नम्बर २ लाई दुई सय २२ बोरा मैदा, वडा नम्बर ३ लाई दुई सय ४६ बोरा मैदा र वडा नम्बर १ लाई चार सय १२ बोरा मैदा दिइने छ।

नाम्खा गाउँपालिका–६ लिमीमा एक हजार आठ सय ४५ बोरा मैदा, २० बोरा चामल, नाम्खा गाउँपालिका–५ को यारी गाउँलाई तीन सय ३० बोरा मैदा, एक सय ६५ बोरा चामल र यारीको नेम गाउँलाई ७० बोरा मैदा र ३० बोरा चामल हस्तान्तरण गर्ने अध्यक्ष तामाङले बताए।

मुचु गाउँलाई तीन सय ४८ बोरा मैदा, एक सय १४ बोरा चामल, चाला गाउँलाई एक सय ८० बोरा मैदा, ६० बोरा चामल, याल्वाङलाई दुई सय ४० बोरा मैदा, ९६ बोरा चामल, याङगारलाई एक सय ७० बोरा मैदा, ६८ बोरा चामल, याल्वाङ गुम्बालाई दुई सय ६० बोरा मैदा दिने निर्णय भएको अध्यक्ष तामाङले बताए । प्रत्येक वर्ष चीन सरकारले नाम्खा गाउँपालिकालाई खाद्यान्न लगायतका सामग्री सहयोग गर्दै आएको अध्यक्ष तामाङले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah