(पार्थ मण्डल) झापा । भारतीय नाकासँग जोडिएको मेचीपारि गाउँमा चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

भद्रपुर नगरपालिका– ३ स्थित मेचीपारि गाउँमा दुइटा चितुवाले केही दिन देखि आतङ्क मच्चाउन थालेपछि गाउँवासी त्रसित बनेको वडा सदस्य अरुण राजवंशीले जानकारी दिए । मैले आफ्नै आँखाले चितुवा देखेको बताउँदै वडा सदस्य राजवंशीले भने, ‘चितुवा गाउँमा देखिएपछि सुरेश सरियाको चिया बगानको बाटो भएर हिनडुल गर्न गाउँवासीलाई प्रतिबन्ध लगाएका छौं ।’

‘गाउँमा चितुवा भारतबाट आयो कि नेपालकै जङ्गलबाट आयो त्यस्तो केही खुलेको छैन,’ उनले भने, ‘एउटा सानो र एउटा ठुलो चितुवा गाउँवासीले देखेको बताउँछन् ।’ गाउँमा हालसम्म चितुवाले एउटा बाछो र बाख्रा मारेको छ । चितुवाले मानवीय क्षति भने पुराएको छैन । असोज २६ गते स्थानीय गोग्ला राजवंशीको बाछो लगेको र २८ गते चिया बगानमा बाछोको आन्द्राभुँडी फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले जानकारी दिए ।

‘चितुवालाई स्थानीयले प्रत्यक्ष रुपमा देखेको छ, चितुवा हिनडुल गरेको स्थानमा पन्जाको छाप पनि भेटिएको छ,’ उनले भने । बाख्रा चाहिँ प्रकाश महतोको हराएको छ । चितुवा गाउँमा देखा परेको दुई दिन अघि नै महतोको बाख्रा हराएको स्थानीयले बताएका छन् । चितुवाले नै बाख्रा लगेको हुनुपर्ने स्थानीयको दाबी छ । गाउँमा चितुवा देखा परेपछि डिभिजन वन कार्यालय झापाको टोली त्यहाँ पुगेर स्थलगत निरीक्षण गरेका थिए । निरीक्षण पश्चात् वन कर्मचारीको टोलीले सुरेश सरियाको चिया बगानमा चितुवा समात्ने फलामको पासो थापेको छ । टाइम्स अफ प्रदेश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah