राष्ट्रिय मानव अधिकार आयोगले अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा तीव्रता दिन आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै बाढी पहिरो प्रभावितहरुको खोज, उद्धार, उपचार तथा मनोसामाजिक परार्शमा तीव्रता दिन सरकारलाई आग्रह गरेको हो । आयोगले मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरुले निर्दिष्ट गरे अनुरुप व्यक्तिको जीऊ धनको सुरक्षा, आधारभूत आवश्यकताको परिपूर्ति लगायत विपद्को अवस्थामा आवश्यक अन्य मानव अधिकारको सुनिश्चिता गर्न पनि संघ, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेको छ ।



