सोलुखुम्बु– केही दिनयता निरन्तर परेको अविरल वर्षाले खेतीबालीमा क्षति पुर्‍याएपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । यहाँको मुख्य बालीमध्ये धान र कोदो खेतीमा वर्षासँगै हावाहुरीले क्षति पुर्‍याएपछि खाद्यसङ्कट निम्तन सक्ने चिन्ताले उनीहरुलाई पोल्न थालेको हो । भित्र्याउने बेलाको कोदो र धानबाली हावाले ढालेपछि यहाँका कृषक दिनमा भोक र रातमा निद्रासमेत नलाग्ने बताउँछन् । थुलुङ दूधकोसी गाउँपालिका–६ का कृषक तुलबहादुर कार्कीले करिब १२ रोपनी क्षेत्रफलमा लगाएको धानबाली हावाहुरीका कारण भित्र्याउन नमिल्ने गरी नष्ट गरेको गुनासो गरे ।

‘गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढ्ने अनुमान थियो’, उनले भने, ‘तर एकै रातमा सालभरि खाने खेती सखाप बनायो ।’ कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लामा एक हजार ५०५ हेक्टर क्षेत्रफलमा तीन हजार ६०० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष १० प्रतिशतले उत्पादनमा गिरावट आउने अनुमान रहेको केन्द्रका सूचना अधिकारी कुलबहादुर राईले जानकारी दिए । जिल्लाको नेचा सल्यान, थुलुङदूधकोसी र सोताङको तल्लो क्षेत्रमा धान खेती हुँदै आएको छ । तल्लो क्षेत्रका कृषकको मुख्य आम्दानीको स्रोत नै धान रहेको भए पनि एकै रातमा स्वाहा हुँदा मन पोल्ने गरेको नेचासल्यान गाउँपाकिला–३ का मात्रिका कट्टेलले बताए । ‘पाकिसकेको धान भित्र्याउन मात्र बाँकी थियो’, उनले भने, ‘मेहेनत र श्रम खेर गयो, एकातिर परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो, अर्कोतिर राहत पाउने आश पनि छैन ।’

जिल्लाको मध्य भागका कृषकको मुख्य अन्नबालीमध्ये कोदो पनि पर्छ । हावाहुरी र पानीले बाली क्षति पुर्‍याउँदा उत्पादन घट्ने मात्र नभई घरपरिवार चलाउन गाह्रो हुने थुलुङ दूधकोसी गाउँपालिका–७ का वासुदेव खत्रीको गुनासो छ । जिल्लामा गत वर्ष दुई हजार १०५ हेक्टर क्षेत्रफलमा दुई हजार ८३० मेट्रिक टन कोदो उत्पादन भएको भए पनि यस वर्ष १० प्रतिशतभन्दा बढीले घट्ने केन्द्रको अनुमान छ । निरन्तरको वर्षासँगैको हावाहुरीका कारण के–कति अन्नबालीमा क्षति पुग्यो भन्ने एकिन विवरण भने स्थानीय सरकारदेखि ज्ञान केन्द्रसँग पनि छैन । ज्ञान केन्द्रका सूचना अधिकारी राईका अनुसार सबै स्थानीय तहलाई क्षतिको विवरण उपलब्ध गराउन परिपत्र गरेको भए पनि प्राप्त भएको छैन । विवरण सङ्कलन भए पनि क्षतिपूर्तिसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नभएको उनको भनाइ छ ।

विभिन्न समयमा राहत तथा उद्धारमा सक्रियता जनाउने स्थानीय सरकारसमेत यसपटकको क्षति विवरण सङकलनमा भने सुस्ताएको छ । अधिकार सम्पन्न सरकारसँग राहत दिनेदेखि सोहीअनुसारको कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमता भए पनि नीतिगत व्यवस्था नभएको नेचासल्यान गाउँपालिकाका प्रवक्ता धर्मध्वज खत्रीको भनाइ छ । ज्ञान केन्द्रका सूचना अधिकारी राईका अनुसार स्थानीय सरकारले क्षतिको विवरण सङ्कलन गरी सोहीअनुसार राहत तथा सहयोगको प्याकेज ल्याउनुपर्ने हुन्छ । नेचा सल्यान गाउँपालिका प्रवक्ता खत्रीका अनुसार पालिकामा समेत गुनासो आएकाले प्राविधिकले विवरण सङ्कलन गर्ने र सोहीअनुसारको निर्णय गरी काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah