धनगढी । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसले झण्डा फहराएको छ । धनगढीमा काँग्रेसले मेयर र उपमेयर दुवै पद जितेको हो ।
मेयरका उम्मेदवार नृपबहादुर बडले १४३२४ मत पाएर जित हासिल गरे भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११५२७ मत ल्याए ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका रामसमज रानाले १०२०० मत ल्याए भने एमाले चौथो स्थानमा धकेलियो ।
उपमेयरमा पनि काँग्रेस विजयी भएको छ । काँग्रेसकी सुशिला मिश्र १७४०८ मतसहित विजेता बन्दा एमालेकी एकमणी देवकोटा १२७७३ मतसहित पछि परिन् ।



