न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर शुक्रबार बाँडफाँट गरेको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार बिहान ९ बजे सेयर बाँडफाँट गरेको हो।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो।

क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले कम्पनीको शेयर प्राप्त गरेका छन्।

निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो।

सो शेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये १० हजार ४४२ आवेदन रद्द भएका छन् भने ३ हजार ५०४ सि(आस्वाले अस्वीकृत गरेको छ। स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा सो शेयर बाँडफाँट गरिएको हो।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ २ लाख ९ हजार २५० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । आईपीओमा आवेदन गरेर योग्य भएकामध्ये पनि २० लाख ३१ हजार ८८८ जना आवेदकको हात खाली भएको छ ।

कस्तो छ कम्पनीरु

कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपि डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानीयलाई १५ करोड रुपैयाँ, संस्थापक सेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले रन अफ रिभरमा आधारित ३० मेगाबाट क्षमताको न्यादी जलविद्युत आयोजनाको विकास निर्माण गररहेको छ। हाल आयोजनाको ९९ प्रतिशत भौतिक कार्य सकिएको कम्पनीले जनाएको छ।

आयोजनाको कुल लागत ६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ र प्रतिमेगाबाट लागत २० करोड ३९ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै १ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

आईपीओ निष्काशनपछि कम्पनी सेयर स्वामित्व संस्थापक ७३ प्रतिशत र सर्वसाधारणको २७ प्रतिशत कायम हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah