दमकमा नसोचेको परिणाम आएपछि यसरि मुख खोले ढुण्डीराज भण्डारीले

साथीहरू जय नेपाल !!!
सर्वप्रथम त ऐतिहासिक स्थानीय तह निर्वाचनलाई सभ्य र भव्यरुपमा सफल पार्न दमक नगरवासीले खेलेको भुमिका प्रति खुसी ब्यक्त गर्न चाहन्छु । साथै यहाँहरुको अमुल्य मतको सम्मान गर्दछु ।
दमक नगरको सर्वाङ्गिण विकास र संवृद्दिको संकल्प सहित चुनावी मैदानमा होमिएर विजयी हुनुहुने संपुर्ण उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।
दुई दशकपछि संपन्न भएको ऐतिहासिक स्थानीय तहको निर्वाचनबाट तपाईं , हामिले स्थानीय सरकारको रूपमा आफ्नै प्रतिनिधि पाएका छौँ । यो ज्यादै खुसीको कुरा हो । नव निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय जनताको भावना र आवश्यकतालाई मध्यनजर राख्दै समग्र दमक को संवृद्दि अभियानमा जुट्ने विश्वास लिएको छु।अन्त्यमा
निर्वाचनको क्रममा मलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने तपाईं सम्पूर्ण दमकबासी मतदाता सबैप्रती आभारी छु । मलाई सहयोग गर्नुहुने मेरो पार्टी नेपाली कांग्रेसका संपुर्ण अग्रज , कार्यकर्ता र शुभचिन्तकहरु प्रती कृतज्ञ छु । सबैलाई अन्तरमनदेखि धन्यवाद दिन चाहन्छु। नवनिर्वाचित संपुर्ण जनप्रतिनिधिहरुलाई पुन हार्दिक बधाई दिंदै सफल कार्यकालको शुभकामना दिन चाहन्छु । जय नेपाल !!!
ढुन्डि राज भण्डारी
मेयर पद का प्रत्यासी
दमक नगरपालिका

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah