झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आउँदाे चुनाव नजित्ने दाबी गर्नुभएको छ ।

आज आइतवार एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले जिताइदिएको सांसद सङ्ख्या गनेर प्रचण्ड, माधवले संसदमा फार्तीफुर्ति गरेको भन्दै उनीहरूले आउँदाे चुनावमा नजित्ने दाबी गर्नुभएको हो । माधव नेपाल चुनाव नउठ्ने र समानुपातिकमा बस्ने जिकिर गर्दै अध्यक्ष ओलीले समानुपातिकमा पनि नेपालको मत नआउने तर्क गर्नुभयो । उहाँले दुवै नेतालाई आउँदाे चुनाव जितेर देखाउन चुनौती दिनुभयो ।

अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनलाई विध्वंशकारी, विनाशकारी र अस्थिरता ल्याउने तत्त्वको संज्ञा दिँदै गठबन्धनलाई कसैले मत नहाल्ने बताउनुभयो । उहाँले वर्तमान सरकारको कुनै गन्तव्य नभएको पनि बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । अब जितेर देखाऊन् प्रचण्डले ? माधव नेपाल अब चुनाव लड्छन् ? तपाईँहरूलाई बताइदिन्छु म, माधव नेपाल चुनाव लड्दैनन् । समानुपातिकमा बस्छन् । आउला र खाउँला भनेर, त्यो हुनेवाला छैन । कुनै हुनेवाला छैन । कसले भोट दिन्छ यिनलाई अब ? यी विध्वंशकारी तत्त्व हुन् । यी विनाशकारी तत्त्व हुन् । अस्थिरता ल्याउने तत्वहरु हुन् । स्थिरता बनाउने तत्त्वहरू होइनन् । यिनलाई अब भन्छन्– जाऊ न अदालतबाट परमादेश लिएर आऊ । हामी कहाँ किन आउँछौँ ?’

अध्यक्ष ओलीले अरू नेताहरूलाई एमालेमा फर्किन आग्रह गर्दै माधव नेपाललाई भने एमालेले नलिने कुरा दाेहाेर्‍याउनुभयाे । माधव नेपाल देशी, विदेशी प्रतिक्रियावादीहरूको सेवामा र उनीहरूसँग साँठगाँठ गरेर कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न हिँडेको उहाँको आरोप छ ।

ओलीले सबै वामपन्थी, कम्युनिस्ट, लोकतान्त्रिक तथा प्रजातन्त्रवादीहरूलाई एमालेमा समाहित हुन आह्वान पनि गर्नुभयो । उज्यालो बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah