काठमाडौं, कार्तिक ७। यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन ।

सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ ।

छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने भएको छ । यो महिनाभित्रै कार्ड आइसकेपछि बाँकी छपाइको काम सुरु गरिने विभागका प्रवक्ता डा लोकनाथ भुसालको भनाई छ ।

फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइँदै छ, जसमध्ये छपाइ गर्न बाँकी सात लाख लाइसेन्सको छपाइ गरिने बताउँदै उनले भने, ‘‘कार्ड आउनासाथ बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर छपाइ कार्य गरिनेछ ।’’ २०७२ सालमा स्मार्ट लाइसेन्स लागूू भएपछि प्रिन्ट गर्ने काम बाँकी रहँदै आएको हो । ग्लोबल टेन्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ ।

तिहारअघि लाइसेन्स आवेदन
कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको विभागले जनाएको छ । गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah