राजपा अध्यक्ष मण्डल सदस्य मध्येका एक राजेन्द्र महतोले २ नम्बर प्रदेशमा पनि एमाले पहिलो दल हुन सक्ने अनुमान गरेका छन् ।

नागरिक दैनिकलाई आइतबार दिएको अन्तरर्वार्तामा महतोले सरकारमा रहेका दलहरुको रवैयाका कारण दोस्रो चरणमा भएको चुनावमा तराईमा एमालेले सवै भन्दा बढी सिट जितेको पनि दावी गरेका छन् ।

‘यो सरकारमा रहेका दलहरुको रवैया धोकेवाज नै रह्यो भने त भन्न सकिन्न, २ नम्बर प्रदेशमा एमाले नै पहिलो पार्टी बन्न सक्छ’ महतोले भनेका छन् ।

टीकापुर लगायत स्थानमा एमालेले जित्नुमा पनि सरकारप्रतिको जनताको रियाक्सनले काम गरेको महतोले वताए ।

तराई मधेसमा एमाले पहिलो पार्टी भएको विषयमा आफूहरुभित्र पनि छलफल चलेको महतोले वताए । ‘म भोटको कुरा गर्दिनँ , भोट त ब्यक्तिको छविले पनि आउँदो रहेछ ।

सरकारको रियाक्सनका कारण पनि मत जान्छ’ महतोले भनेका छन्, ‘हिजो पनि बैठकमा कुरा चल्यो कि टीकापुरमा कसरी एमालेले जित हासिल गर्यो ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah