आइतबार सेयर बजारको परिसूचक नेप्से ५५ अंकले बढेको छ । ५५।५० अंकले बढेसँगै परिसूचक २८३७ अंकमा पुगेको छ । यस दिन कारोबार रकम पनि बढेको छ । ७ अर्ब ८२ करोड रुपैयाँको सेयर किनबेच भयो ।
बैंकिङ उपसमूह करिब ३ अंकले घट्यो भने अरु सबै उपसमूह बढेका छन् । ब्यापार १८६, होटल तथा पर्यटन १७३, विकास बैंक ३३८, जलविद्युत १६६, फाइनान्स ९२, निर्जीवन बीमा ६०३, उत्पादन ३१९, अन्य २, माइक्रोफाइनान्स १४२, जीवन बीमा २३० र लगानी समूह २ अंकले बढे ।
यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर, हिमालय उर्जा, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढ्यो । साहस उर्जा, रैराङ हाइड्रो र कामना सेवा विकास बैंकको मूल्य ९।९ प्रतिशतले बढ्यो । हालै सूचीकृत साहज उर्जाको मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ ८० पैसा पुगेको छ ।
यस दिन समग्रमा १६२ कम्पनीको मूल्य बढ्यो भने २३ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको मूल्य स्थिर रह्यो ।



