बैतडी — बेमौसमी वर्षाका कारण बैतडीमा २ हजार ७ हेक्टर जमिनमा लगाएको धानबालीमा क्षति भएको अनुमान गरिएको छ ।

जिल्लामा ९ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा करिब ३० प्रतिशत क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए । उनले भने, ‘अहिले सबै ठाउँको विवरण आइसकेको छैन । कम्तीमा ३० प्रतिशत बाली नोक्सान भएको हामीले प्रारम्भिक अनुमान गरेका छौं ।’

सिगास गाउँपालिकाको ढुंगाड, डिलासैनीको गोकुलेश्वर र पाटन क्षेत्रमा धानबालीमा बढी क्षति पुर्‍याएको चन्दले बताए । पाटनमा २ हजार ५ सय हेक्टरमा धानखेती हुने गरेकोमा ५ सय ५० हेक्टरमा लगाएको धानबाली पूर्ण रूपमा नष्ट भएको छ भने ६ सय ९० हेक्टरमा लगाएको धानबालीमा आंशिक क्षति पुगेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । धान उत्पादनको पकेट क्षेत्र पाटनमा वर्षाले धान उत्पादनमा कमी आउने चन्दले बताए ।

यस्तै, डिलासैनी गाउँपालिकाको गोकुलेश्वर क्षेत्रमा पनि धानबालीमा वर्षाले क्षति पुर्‍याएको छ । किसानहरूले भित्र्याउन नपाएको धानबालीमा क्षति पुगेको हो । गोकुलेश्वरमा १ हजार ४४ हेक्टरमा धानखेती हुने गरिएकोमा २ सय हेक्टर जमिनको धानबाली पूर्ण रूपमा नष्ट भएको जानकारी आएको कृषि प्रसार अधिकृत चन्दले बताए । यस्तै १ सय ५० हेक्टरमा लगाएको धानबालीमा आंशिक क्षति पुगेको छ ।

जिल्लाको ढुंगाड क्षेत्रको भने यकिन तथ्यांक आएको छैन । धानखेती लगाएको जमिन पुरै बगरमा परिणत भएकाले त्यो क्षेत्रमा बढी नोक्सानी भएको छ । बैतडीमा १८ हजार ९ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको भए पनि यो वर्ष ३० प्रतिशतले उत्पादनमा कमी आउने आकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah