हिमपातका कारण बाटो पहिल्याउन नसकी अलपत्र परेका ६ जना विदेशी र तीन जना नेपालीको उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार दानीका अनुसार म्याग्दीको हिडन भ्यालीमा तीन स्पेनी र ६ नेपाली गाइड गरी अलपत्र परेका नौ जनालाई उद्धार गरी जोमसोम एयरपोर्टमा ल्याइएको हो। उनीहरूले आफूहरू म्याग्दीको हिडन भ्यालीबाट मुस्ताङतर्फ झर्दै गरेको बताए पनि कुन ठाउँमा अलपत्र परेका थिए भन्ने नखुलेको डिएसपी दानीले बताए।

‘आजै बिहानै हो उनीहरू अलपत्र परेको, उनीहरू पदयात्रामै रहेका कारण कुन ठाउँमा आफूहरू पुगेका थियौँ भन्ने कुन नै थाहा पाएका रहेनछन्,’ उनले भने, ‘हिमपातका कारण उनीहरूले ठाउँ नै पहिचान गर्न सकेनन्। अलपत्र रहेको खबर पाउँदासाथ हेलिकोप्टर उद्धार गरिएको हो।’

नौ जनालाई फिस्टेल एयरको हेलिकोप्टर तीन पटक ओसारेर मुस्ताङको जोमसोम लगेको थियो। उद्धार गरिएकामध्ये तीनै जना स्पेनी नागरिक र एक जना नेपाली गरेर चार जना भने काठमाडौँ पुगिसकेको बताइएको छ।

पछिल्ला केही दिनयता देशभरि नै बिस्तारै चिसो बढ्दै गएको छ। जसका कारण हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ। हिमपातका कारण पदयात्रामा जाने पर्यटकहरु अलपत्र पर्ने तथा सम्पर्कविहीन हुने अवस्था आउँछ। हिमाल पारीको जिल्ला मुस्ताङसहित म्याग्दीको उच्च पहाडी क्षेत्रमा पनि बाक्लो हिमपात सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah