काठमाडौं, १५ कात्तिक : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै संघ र प्रदेशमा नेतृत्व गरीरहेको नेकपा (एमाले) पूर्णत: प्रतिपक्ष भएको छ । प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि १० भदौमा आचार्य मुख्यमन्त्री बनेका थिए। तर, आचार्यले सोमबार राजीनामा दिएसँगै एमालेले अब प्रतिपक्षमा पुगेको हो।

२०७४ को निर्वाचनपछि नेकपा एमालेले ४ प्रदेशसहित संघीय सरकारको नेतृत्व गरेको थियो। नेकपा माओवादी केन्द्र र एमाले एकता भएर बनेको तत्कालीन नेकपाको प्रदेश २ बाहेक ६ वटै प्रदेशमा सत्ताको नेतृत्व थियो।

एमालेको नेतृत्वमा संघीय सरकारको सँगै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकार थिए। उसैसँगको गठबन्धनमा रहेको माओवादी केन्द्रले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको थियो।

प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि १० भदौमा भीमप्रसाद आचार्य मुख्यमन्त्री बनेका थिए। तर, आचार्यले पनि सोमबार प्रदेश सभामा राजीनामा दिएसँगै एमालेले सबै प्रदेशबाट आफ्नो सत्ता गुमाएर प्रतिपक्षमा पुगेको हो ।

पथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ०७८ जेठ २७ मा ढलेको थियो। गण्डकीमा अहिले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन्।

शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ०७८ साउन २८ मा एमालेको लुम्बिनी प्रदेश सरकार ढलेको थियो । पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसी सोनाम त्यहाँका मुख्यमन्त्री बनेका छन् ।

कात्तिक १० गते बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजिनामा दिएकी थिइन् । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्य ०७८ भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah