दमक/ नेकपा एमालेले १० औं महाधिवेशन अन्तर्गत पालिकास्तरको अधिवेशनबाट धेरै जसो पालिकाहरुमा नयाँ नेतृत्व चयन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकसाथ देशभरका पालिकाहरुमा उदघाटन गरेको अधिवेशनबाट झापाका आधा भन्दा बढी पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने कतिपय पालिकाको आंशिक पदहरुमा मात्रै सहमति जुटेको छ ।
अध्यक्ष ओलीको गृह जिल्ला झापाको क्षेत्र नं ५ अन्तर्गतको प्रमुख नगरका रुपमा रहेको दमक नगरमा पार्टी नेतृत्व आशिंक मात्रै निर्विरोध निर्वाचित भएको छ ।
एमालेले तत्कालिन नगर कमिटी उपाध्यक्ष गेहनाथ पोखरेलको अध्यक्षतामा दमक नगर कमिटी घोषणा गरेपनि उपाध्यक्ष र व्यापारी तथा बद्धिजीवि फाँटबाट चुनिनु पर्ने एक/एक सदस्यको नाममा सहमति जुटन नसकेपछि आशिंक कमिटीको नामावली मात्रै घोषणा गरिएको छ । नगर प्रमुख समेत रहेका पार्टी नेता रोमनाथ ओलीको अध्यक्षतामा रहेको अध्यक्ष मण्डलले नेतृत्व चयनमा सर्वसम्मत प्रकृया अपनाउने भन्दै तीन दिनपछि अधुरो नगर कमिटी घोषणा गरेको हो ।
नगर कमिटीको उपाध्यक्षमा मेदनी खरेल र दिपेश दाहालको अडान कायमै रहेपछि शुक्रबार साँझ सो पदसंगै दुई नगर सदस्यको समेत स्थान खाली राख्दै नगर कमिटी घोषणा गरिएको हो । घोषित कमिटीको सचिवमा ईन्द्र गुरुङ् तथा उपसचिवमा सन्तोष दुलाल र उर्मिला ओली चयन भएका जनाइएको छ । गौरादह नगर कमिटीको अधिवेशन पनि पूर्ण नेतृत्व चयन गर्नै नसकि स्थागित भएको छ ।
गौरादहमा पार्टीका बहालवाला नगर कमिटी अध्यक्ष मित्रदेव काफलेलाई पुन एक कार्यकालका लागि अध्यक्ष बनाउने नेताहरुबीच लगभग समहति भएको बताइएको छ । आधा दर्जन नेताहरु पार्टीको नगर अध्यक्षमा आफनो उम्मेदवारी पेश गरेर दौडधुपमा रहेका भएपनि पार्टी नेतृत्वको दबाबमा अन्य आकांक्षीहरु ब्याक गराउने सहमति नेताहरुका बीचमा भएको जनाइएको छ ।
नगर कमिटी उपाध्यक्षमा गजेन्द्र घिमिरे र सचिवमा जिवन कार्कीको नाममा सहमति भइसकेको जनाइएको छ । सो नगर कमिटीको उपसचिवमा भने सहमति जुटाउने प्रयत्न भइरहेको जनाइएको छ ।
त्यसैगरी नेकपा एमाले शिवसताक्षी नगर अध्यक्षमा मेघहाङ्ग थोप्रा (रोसन) विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा निकटम प्रतिद्वन्दी सिताराम भेट्वाललाई भारी मतले पछि पार्दै उनी विजयी भएका हुन । थोप्राले ३८१ मत प्राप्त गरेका थिए भने भेटवाल १७० ले प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा कमलप्रसाद लामिछाने ३०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी घनश्याम पोख्रेलल १०८ र जयनारायण अधिकारीले १२२ मत प्राप्त गरेका थिए । त्यसैगरी सचिव पदमा कमल नेपालले २८५ मत प्राप्त गरी विजयी बने भने उनका निकतम प्रतिद्वन्दीले बुद्धिराज लक्समले २४३ मत ल्याएका छन ।
त्यसैगरी उपसचिव खुल्ला पदमा भिमबहादुर लिवाङ विजयी भएका छन् । उनले २८९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी भाष्कर सिटौलाले १८८ र विनोद सापकोटाले ५९ मत प्राप्त गरेका छन । त्यस्तै उपसचिवव महिला सुमित्रा अधिकारी सापकोटा विजयी भएकी छिन् । उनले २७९ मत प्राप्त गरेकी थिइन् भने उनका निकतम प्रतिद्वन्दी जुनु नेपाली दर्जीले २५८ मत प्राप्त गरेकी छिन । त्यसैगरी गौरीगञ्ज गाउँ कमिटीको नेतृत्व सर्वसम्मत भएको सार्वजनिक गरिएको छ । गाउँ कमिटीको अध्यक्षमा गोविन्द कुँवर सर्वसम्मत चयन भएका सो पार्टीले जनाएको छ । गाउँ कमिटी उपाध्यक्षमा रामकृष्ण पन्त, सचिवमा श्रवण गिरी, तथा उपसचिवमा कृष्ण महतो र राजकुमार राजबँशी, सर्वसम्मतबाट चयन भएका छन् । त्यसैगरी कमलमा प्रेमबहादुर पोखरेलको अध्यक्षतामा पृथ्वीपति राई उपाध्यक्ष, हरि ढकाल सचिव र चन्द्रकला ढकाल तथा वीरेन्द्र अधिकारी उपसचिव रहेको गाउँकमिटी सर्वसम्मत चयन भएको छ । सो कमिटीको पद हस्तान्तरण पछि गाउँकमिटीको पहिलो बैठक समेत सम्पन्न भइसकेको जनाइएको छ ।
उता पूर्वका कतिपय पालिकाहरुमा पनि पार्टीको नेतृत्व चयन भइसकेको छ । बाह्रदशीमा सर्वसम्मतिबाट नेतृत्व चयन भएको छ । बाह्रदशीको अध्यक्षमा बुद्धराज कार्की, उपाध्यक्ष गंगाराम धिताल, सचिव घनेन्द्र ढकाल सर्वसम्मत भएका हुन् । सहसचिव र केहि सदस्य बाहेक सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ । त्यसैगरी भद्रपुरमा भएको एमालेको नगर अधिवेशनबाट ब्रह्मलाल ढुंगानाको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको छ । नगर कमिटीको उपाध्यक्षमा भिम सुब्बा केरुङ, सचिवमा घनश्याम लकान्द्री र उपसचिवद्धयमा किरण कार्की र कौशिल्या अधिकारी निर्वाचित भएका सो पार्टीले जनाएको छ ।
त्यसैगरी अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन निर्वाचित भएका छन् । उनले ११७ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन । वडा नं. १० का वडाध्यक्ष गोम्देन र वडा नं. ६ का वडाध्यक्ष लोकनाथ गौतम पार्टीको नगर कमिटी अध्यक्षका लागि चुनावी मैदानमा थिए ।
यस्तै, उपाध्यक्ष र दुई सहसचिव पदमा पनि निर्वाचन भएको छ । उपाध्यक्ष पदमा लोकमान श्रेष्ठ , सचिव पदमा लवकुश गौतम र उपसचिवमा जनकलाल चम्लागाई तथा सरिता भण्डारी निर्वाचित भएका छन । त्यसैगरी एमालेको कचनकवल गाउँ कमिटीको अध्यक्षमा नवराज भट्टराई सर्वसम्मत चयन भएका छन् ।



