गहना व्यवसायीका लागि महत्त्वपूर्ण मानिने धनतेरसको दिनमा ६१ करोड रुपैयाँ बराबरको सुनचाँदी बिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन सुन ५० किलो र २ हजार किलो चाँदी बिक्री भएको हो । ‘मंगलबार प्रतितोला सुनको मूल्य ९२ हजार रुपैयाँ थियो । उक्त रेटको आधारमा एक किलो सुनको मूल्य करिब ८० लाख रुपैयाँ हुन्छ । ५० किलो सुनको करिब ४० करोड रुपैयाँ पर्छ,’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘बिक्री सोचजस्तो राम्रो भयो ।’

महासंघले मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकेको थियो । उक्त रेट अनुसार एककिलो चाँदीको मूल्य १ लाख ७ हजार रुपैयाँ पर्छ । ‘२ हजार किलोको हिसाबले करिब २१ करोड ४० लाख रुपैयाँको बिक्री भएको देखिन्छ,’ उनले भने ।

व्यवसायीका अनुसार सुनभन्दा चाँदीको सिक्का बढी बिक्री हुन्छ । चाँदीको भाँडा, करुवा, प्लेटदेखि मानारपाथी बिक्री हुन्छ । कलस, कचौरा, दिया सबै प्रकारको माग बढ्ने व्यवसायीहरु बताउँछन् ।

धनतेरसका लागि सानो सिक्का भए पनि किन्ने र लक्ष्मीपूजाको दिन पूजा गर्ने प्रचलन छ । जसले गर्दा सुनचाँदीको गहनारसिक्का बिक्री हुनेमा व्यवसायीहरु आशावादी थिए । यसपटक कोभिड संक्रमण पनि घटेकाले व्यापार बढ्ने व्यवसायीहरु अनुमान गरेका थिए । ‘गत वर्षको तुलनामा सुनको मूल्य प्रतितोला ५र७ हजार नै घट्यो,’ शाक्यले भने, ‘जसले गर्दा पनि आकर्षण बढेको देखिन्छ ।’

महासंघका अनुसार गत वर्षको कात्तिकमा प्रतितोला सुनको मूल्य प्रतितोला ९५ हजारदेखि ९८ हजार २ सय रुपैयाँसम्म थियो । यसपटक कात्तिक १६ गतेको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ थियो । धनतेरस मुख्यतया भारतमा मनाइन्छ । बहुराष्ट्रिय कम्पनीका रुपमा भारतीय गहना व्यवसायी नेपाल आएपछि यहाँ पनि मनाइन्छ । शाक्यका अनुसार सर्वसाधारणले आफ्नो क्षतमा अनुसार सुनचाँदीको गहना, मूर्ति, सिक्का खरिद गर्छन् । सुनचाँदीका गहना खरिद गर्न नसक्नेले तामाका भाँडाकुँडा किन्ने प्रचलन रहेको उनले बताए ।

दुबई, हङकङ, स्विजरल्यान्डबाट नेपालमा सुन आयात हुन्छ । ती सुन वाणिज्य बैंकहरुले मात्र आयात गर्न पाउने व्यवस्था राष्ट्र बैकले गरेको छ । केही वर्षयता सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । कार्यविधि अनुसार बैंकबाट व्यवसायीले दिनको २० किलो मात्रै किन्न पाउँछन् । गत वर्ष कोभिडकै कारण दैनिक कोटा १० किलो मात्रै थियो । गत वैशाखबाट थप १० किलो बढाएर २० पुर्याइएको छ । तर, तिहारमा उक्त कोटा अपुग भएको महासंघले जनाएको छ । महासंघका अनुसार सुनचाँदीको बिक्री लक्ष्मीपूजाको दिनसम्म हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah