भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताउनुभएको छ ।

आज बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा नेकपा एमाले सिध्याउन नसक्ने बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले कांग्रेस नेता थापाले भक्तपुरको एक कार्यक्रममा केही दिनअघि आउँदाे चुनावमा भक्तपुरबाट ‘क्लिन स्वीप’ गर्ने कुराको उत्तर दिँदै अध्यक्ष ओलीले कांग्रेस कहाँ पुग्यो भन्ने कुराको विचार गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एक जना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे ! बिचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिङ्गै कांग्रेस कहाँ गयो, भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरूका, म त्यसमा अरू केही भन्न चाहन्न ।’

अध्यक्ष ओलीले आफूलाई माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र सक्न खोजेको आरोप लगाएकोप्रति लक्षित गर्दै प्रचण्डले गणतन्त्रको नाम लिनुभन्दा २५ वर्षअघि गणतन्त्रका लागि आफू लडेको बताउनुभयो । उहाँले प्रचण्डलाई कुरुक्षेत्रको धाक नलगाउन पनि आग्रह गर्नुभयो । अध्यक्ष ओलीले कुरुक्षेत्र बनाउने भनेर तर्साउन खोज्नेहरूलाई पराजित गरेरै यहाँसम्म आइपुगेको बताउनुभयो । उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah