तपाईंहरु चक्रब्युह फाँडेर बाहिर निस्कनु भएको छ । एमालेलाई जनताले विश्वास गरेकाले एमाले विरुद्धको षडयन्त्र माकुराको जालो जस्तो भएको छ । भैंसी हिंड्दा माकुराको जालो तोडिएजस्तो जनताको दृढ समर्थनको बलले एमाले विरुद्ध उनीहरुले गरेको षडयन्त्रको जालो च्यातिएको छ ।

बैशाख ३१ मा चुनाव भएको भरतपुर महानगरमा एमालेले जितेर पनि अहिलेसम्म परणाम आएन । कञ्चनपुरको पुनर्वासमा एमालेले ५७७ ले अगाडि छ । त्यहाँ किन एमाले अगाडि आयो भन्या छ गणनामा अवरोध गर्या छ । अर्जुनधारामा किन ढिलाई भइरहेको छ ? यहाँ पनि एमाले धेरै भोटले अगाडि त्यसैले त्यहाँ अलमल छ । धरानमा किन ढिलाई भइरहेको छ ? २८८ मतले एमालेका वडाअध्यक्ष र सदस्यहरु जिते । कांग्रेस र माओवादी रुवाबासी गरेर खुट्टा बजारेर बस्या छन् । निर्वाचन अधिकृत फेरि गनौं भन्छन् । २० पल्ट गन न, एमाले जित्छ । जति जे गरे पनि एमाले अगाडि छ, अनि अलमलका लागि कर्मचारी फेरेको छ, छानिएका कार्यकर्ता ल्याएको छ । जति छानेर ल्याए पनि जहाँ जहाँबाट मान्छे झिकाउनु पर्छ झिकाएर मान्छे पठाए पनि २८८ भोटले एमाले अगाडि छ । फेरि खुल्छ फेरि रोकिन्छ । सहमति हुन्छ गन्न थाल्यो, मेरो चित्त बुझेन भन्छ एउटाले ।

अव पहिलो चरणको १ ठाउँमा र दोस्रो चरणको ३ ठाउँमा परिणाम आउन बाँकी छ तर, अलमल छ । पहिलो चरणमा बैशाख ३१ गतेको मतगणना आजसम्म । यसदेशमा सरकार छ, यस देशमा निर्वाचन आयोग छ, यस देशमा अदालत छ । तपाईं हामी हेरौं त, सबैको हालत के छ भने अनुचित गठबन्धनको छायाँमा यसरी परेको छ कि मत गणना गरेर परिणाम घोषणा गर्न सक्दैन । बैशाख ३१ गतेको परिणाम असार २५ गतेसम्म घोषणा हुँदैन । १ महिना २५ दिन वितिसक्यो । पहिलो चरणको निर्वाचनको परिणाम आएको छैन, किनभने त्यहाँ एमाले अगाडि छ । अरु अगाडि भएको भए आइसक्थ्यो । यसरी सत्ताको दुरुपयोग गरिएको, प्रशासनिक निकायहरुको दुपयोग गरिएको छ । यसरी गरिएको चुनावमा पनि तपाईंहरुले षडयन्त्रका जालहरु तोडेर जित्नु भएको छ । जनताको सुदृढ विश्वासका कारण मात्रै यो सम्भव भएको छ ।

विकास गर्नु छ, अल्मलिने समय छैन 
अव तपाईंहरुले विकास निर्माणका योजना बनाउनु छ । विकासका पाँच वर्षे कार्ययोजना र एक वर्षमा के के गर्न सकिन्छ त्यसको छुट्टै योजना बनाउनु पर्नेछ । यस ठाउँको विकास कसरी गर्न सकिन्छ, समग्र विकासको गुरु योजना के हो ? हरेक वर्षका लागि कार्यक्रम के हो ? हाम्रा नीतिहरु के हुन् ? तपाईंहरुले तय गर्नु पर्नेछ । माथिबाट नीतिगत निर्देशनहरु आइसकेका छन् । हाम्रा विकासका नीतिहरु कस्ता छन् ? सामाजिक सद्भाव र राष्ट्रिय एकताका नीतिहरु कस्ता छन् ? पूर्वाधार विकासमा हाम्रा नीतिहरु कस्ता छन् ? ती पनि अध्ययन गर्नुस् । हाम्रा नीतिहरु कस्ता योजना मार्फत, कस्ता कार्यक्रम मार्फत अगाडि बढाउने ? कसरी कार्यान्वयन गर्ने ? त्यो बनाउनु पर्नेछ । अर्काे तपाईंहरुको कार्यकालभरी के गर्ने ? त्यो कार्यक्रम बनाउनु पर्नेछ । हामीले देश बनाउनु पर्नेछ । हामीसँग अल्मलिने समय छैन । देश बचाउनु पनि पर्नेछ ।

देशविरुद्धको अपराध नियन्त्रण गर्छाैं 
यसै महिना भित्र संविधान संशोधन गर्ने कुराहरु आइरहेका छन् । संविधान संशोधन नगरी चुनाव नगर्ने कुराहरु आइरहेका छन् । यसचोटी संविधान संशोधन गरेर पनि उनीहरुलाई पुग्दैन । अर्काेपटक फेरि अर्काे संशोधन आउँछ । उनीहरुलाई पहाड र तराई नछुट्याई भएको छैन । अहिलेका सत्तापक्षीय दलको क्षणिक स्वार्थका लागि देश विरुद्ध अपराध गर्न कुनै अप्ठ्यारो छैन । देशभक्त सरकारलाई हटाउनका लागि बनेको यो अपवित्र गठबन्धन हो । यसको उद्धेश्य एमालेलाई रोक्नु, देशको स्वाधीनतालाई रोक्नु हो । यो अपराधिक गठबन्धन मौलिक गठबन्धन होइन । नेपालमा बहुतै ठूलो नोक्सान पुर्याउनका लागि अर्कैले डिजाइन गरी बनाइएको गठबन्धन हो । निकै ठूलो नोक्सान देशलाई पुर्याउने यसको उद्धेश्य छ । हामी देशलाई नोक्सान पुर्याउनबाट रोक्छौं । स्थानीय तहले त्यसलाई रोक्न दवाव दिनु पर्छ ।

लोकतन्त्रका लागि हामी लडेका छौं । नेपालमा कुनै पार्टी एमाले जति लोकतन्त्रका लागि लडेको छैन । यहीँ हुनुहुन्छ नरेश खरेल उहाँ १७ वर्ष जेल बस्नु भयो । नेपाली कांग्रेसमा लोकतन्त्रका लागि १७ वर्ष जेल बसेको कोही छ ? हातमा हत्कडी, खुट्टामा नेलकडी लगाएर लोकतन्त्रका लागि कुर्वानी गरेको कोही नेता छ ? आजको एमाले यतिकै बनेको होइन । लोकतन्त्रका लागि गरेको बलिदानको उपज हो एमाले । लोकतन्त्रप्रतिको निष्ठा र आफ्ना सही नीतिका कारण एमाले यहाँ आइपुगेको हो । मोलतोलका आधारमा यसका नीति तय हुँदैनन् । राष्ट्रको हितका आधारमा एमालेका नीति तय हुन्छन् । लोकतान्त्रिक मुल्य मान्यताका आधारमा, सामाजिक न्यायका आधारमा, सामाजिक सद्भावका आधारमा र राष्ट्रिय एकताका आधारमा यसका नीति तय हुन्छन् । लागातार स्पष्ट र सुदृढ नीति हामीले तय गरेका छौं ।

मधेसी, थारु र जाजाति बढी एमालेबाटै जिते 
प्रदेश नम्बर १ बाट जम्मा एक जना मात्रै महिला प्रमुख निर्वाचित हुनु भएको छ । त्यो एमालेबाट निर्वाचित हुनु भएको छ । देशभरमा सबैभन्दा बढी मधेसी कुन पार्टीबाट निर्वाचित छ, एमालेबाट, सबैभन्दा बढी थारु कुन पार्टीबाट निर्वाचित छ, एमालेबाट, सवैभन्दा बढी जनजाति कुन पार्टीबाट निर्वाचित छ, एमालेबाट । यस तथ्यले के वताउँछ ? यस तथ्यले वताउँछ एमाले सामाजिक न्यायको पक्षमा छ । राष्ट्रपति बनाउन पाउँदा महिलालाई राष्ट्रपति एमालेले बनायो, सभामुख बनाउन पाउँदा जनजातिलाई एमालेले बनायो । एमालेका नीतिमा कुनै प्रश्न छैन ।

चुनावमा अर्कैलाई भोट हाल्ने एमाले होइन 
यो झापामा हामीले उपमेयर दुईतिहाई जित्यौं । उपमेयर दुईतिहाई जित्दा मेयर ७ जना मात्रै जित्नु पर्ने हो ? मेचीनगर हामीले मेयर हार्ने ठाउँ हो ? त्यहाँ एमाले उम्मेदवारको इतिहास, योगदान, योग्यतासँग तुलना गर्न मिल्ने कुनै उम्मेदवार थिए ? यस ठाउँमा एमालेले मेयर हार्ने सोच्न सकिन्छ ? गौरादहजस्तो ठाउँमा एमालेले मेयर हार्ने सोच्न सकिन्छ ? बुद्धशान्ति जहाँ एमालेले ०४९ साल देखि ४७ का ४७ सिट जित्दै आएको थियो । त्यहाँ पार्टीका जिल्ला अध्यक्ष हार्ने ठाउँ हो ? हामीले विचार त गर्नु पर्यो नि । यस्ता हुनै नसक्ने काम कसरी भए ? एमाले भएर मतदान केन्द्रमा गएर रुखमा भोट हाल्यो भने त्यो एमाले हुन्छ ? त्यस्तो छ भने एमाले होइन त्यो । नीतिका हिसावले एमाले भित्र यो भएन, त्यो भएन भन्ने छ ? अनि आफ्ना कुण्ठा, आफ्ना ब्यक्तिगत आकांक्षा वा लघुताभाषलाई ल्याएर पार्टीलाई नोक्सान पर्ने, पार्टीलाई नोक्सान पारेर देशलाई नोक्सान पर्ने काम एमालेले गर्न सक्छ ? झापामा एमाले भित्र यो पक्ष र त्यो पक्ष छैन ।

देशभरका एमालेका कुनै पनि कार्यकर्ता यो पक्ष र त्यो पक्ष छैन । पार्टीका कार्यकर्ता कोही माथि पनि पक्षपात हुँदैन । म पार्टी अध्यक्षका हिसावले भन्दैछु । तर, आफ्ना नचाहिंदा कुण्ठा बोकेर गुटबन्दी गर्न छुट कसैलाई छैन । हामीले बनाउन खोजेको जाली झेली, कप्टी र षडयन्त्रकारी समाज होइन । हामीले पारदर्शी समाज बनाउन खोजेका हौं । एमालेमा कार्यकर्ताबीच कुनै पक्षपात छैन हुँदैन । तर, एमालेमा निजी कुण्ठा बोकेर पार्टीका विरुद्ध लाग्नेलाई ठाउँ पनि छैन ।
(एमाले अध्यक्ष ओलीले झापाको विर्तामोडमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई गरेको सम्बोधनको अंश)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah