झापा : तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती र देउसीभैलीको सम्झना सबैलाई हुन्छ । तर यसपाली चाडलाई उल्लास थप्ने देउसीभैलीहरु भने बत्ती बालेरै खोज्नु पर्ने अवस्था भयो । कोरोनाको कारणले पहाड र मधेस सबैतिर देउसी र भैली खेल्न आउने टोली दुर्लभजस्तै भएको छ ।

पौराणिक कथा अनुसार बलिराजाले घर घर पुगेर देउसीभैली खेल्न उर्दी गरेपछि तिहारमा यसको चलन सुरु भएको हो । लक्ष्मीपूजा गरेपछि महिलाहरु भैली खेल्न र गोबर्धन पूजा गरेपछि पुरुषहरु देउसी खेल्न हिँड्ने प्रचलन छ ।

संस्कृति र परम्परा कुनै पनि समुदायको पहिचान हो । नेपालीको साझा संस्कृतिको रुपमा विकास भएको दसैं, तिहार र छठ जस्ता चाडपर्वको महत्व घट्न दिन नहुने साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठ बताए । उनले यसपाली देउसीभैलीको स्वर गाउँ सहरमा कम गुञ्जिएकोमा चिन्ता व्यक्त गरे।

कोरोनानै देउसीभैलीको सङ्ख्या कम हुनुको मुख्य कारण भएतापनि नयाँ पुस्तामा बढिरहेको इन्टरनेट लत पनि यसको अर्को कारण भएको मानिन्छ । इन्टरनेटको सहज पहुँचका कारण बालबालिकाहरु मनोरञ्जनका लागि मोबाइलमा ‘भर्चुअल गेम’ र सामाजिक सञ्जालमा नै मस्त देखिन्छन् ।

झापामा साहित्य चौतारीको पहलमा हरेक वर्ष झापाली स्रष्टाहरुले दक्षिणारहित देउसीभैली खेल्दै आएका छन् । यसपटक स्वास्थ्य मापदण्ड पालना गरी चौतारीले विर्तामोडमा सामूहिक रुपमा देउसी कार्यक्रम गरेको थियो ।

संस्कृतिको संरक्षण, मनोरञ्जन र सार्वजनिक संस्थाको कोषवृद्धिका लागि देउसीभैली खेल्ने पुरानै चलन हो । यसपटक सांस्कृतिक भेषभूषामा सजिएर नाचगान गर्दै हिँड्ने देउसी टोली आफ्ना गाउँतिर नदेखिएको नेपाली कांग्रेस अर्जुनधाराका उपसभापति चतुर्भुज काफ्लेले बताए। ‘पूजापाठ गर्ने र भाइटीका लगाउने चलनको तिहारमा आफ्नै महत्व छ, तर आँगनमा देउसीभैली नगुञ्जिँदा कता कता खल्लो जस्तो लाग्दोरहेछ,’ काफ्लेले भने, ‘पार्टीको भवन निर्माणका लागि सहयोग जुटाउन हामी पनि केही ठाउँमा देउसी टोली लिएर गयौं, तर जुन जुन गाउँमा गयौं, त्यहाँ अरु कोही पनि देउसी खेल्न आएकै थिएनन् । सुनसान जस्तो लाग्यो ।’

मेचीनगरको वडा नं- १० खयरडाँगीमा पाँच सय जति घर छन् । विगतमा लक्ष्मीपूजाका दिनदेखि भाइटीकाको मध्यरातिसम्म देउसीभैली खेल्ने टोलीको लर्को हुन्थ्यो । बालबालिका, युवा र पाकाहरुको छुट्टाछुट्टै टोली हुन्थ्यो देउसीको । तर यसपाली गाउँमा दुई चार वटा देउसी र भैली टोली मात्र डुलेको स्थानीय कल्पना अधिकारी बताए।

झापामा मात्र होइन पहाडि जिल्ला इलाममा समेत देउसीभैलीको चहलपहल अत्यन्त कम भएको अग्रज पत्रकार सोम सुसेलीले जानकारी दिए। उनले कोभिड–१९ को महामारी समाप्त नभएको जनाउँदै त्यसैका कारणले हिँडडुलमा स्वनियन्त्रण हुँदा देउसीभैली सुनसान भएको बताए।

इलाम बजार मात्र नभएर ग्रामीण क्षेत्रमा समेत नाचगान लिएर हिँड्ने टोली नदेखिएको र बालबालिकाहरुलाई अभिभावकहरुले नै हिँडडुलमा अनुमति नदिएको उनले बताए । स्थानीय प्रशासन र पालिकाहरुले समेत राति देउसीभैली नखेल्न आग्रह गरेको पाइएको छ ।

कोरोना महामारीको चपेटामा परेर धेरै आफन्त र छिमेकी गुमाएका कारण सर्वसाधारणमा अझै पनि त्रास व्याप्त छ । चाडबाडमा कोरोना सङ्क्रमणको जोखिम उच्च हुनसक्ने जनाउँदै बेफिक्री हिँडडुल नगर्न सरकार र सञ्चारमाध्यमहरुले सचेत गराइरहेको हुँदा पनि देउसीभैली कम भएको मेचीनगरस्थित महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडाले बताए। ‘बालबालिकाले अहिलेसम्म खोप लगाउन पाएका छैनन्, उनीहरुलाई जथाभावी हिँडडुल गर्दा कोरोना लाग्ने जोखिम छ,’ खतिवडाले भने, ‘बिगतमा साना केटाकेटीलाई देउसीभैलीको बढी हुटहुटी हुन्थ्यो । यसपटक डरले गर्दा चहलपहल नै कम भयो ।’

झापाका अधिकांश पालिकाले तिहारअघि सूचना जारी गरी राति अबेरसम्म देउसी नखेल्न सचेत गराएका थिए । रासस / फाइल तस्बिर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah