काठमाडौं । काठमाडौ विजुलिबजारमा गुडिरहेको भ्यानमा सोमबार विहान एक्कासि आगो लागेको छ ।

कालिमाटी तरकारी लिन हिँडेको बा १ ज ९१९५ नक्बरको भ्यानमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ ।

आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। आगो चाँडै नियन्त्रणमा लिएकाले कम क्षति भएको प्रहरीको भनाई छ । पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरिको भनाइ छ । तर ,यसबारे थप अनुसन्धान हुने बताइएको छ ।

यसअघि यही कात्तिक ७ गते धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित पृथ्वीराजमार्गमा गुडिरहेको बसमा अचानक आगलागी भएको थियो । सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४७१ नम्बरको यात्रुवहाक बसमा कात्तिक ७ गते राति २ बजे एक्कासि आगलागी भएको थियो । ३६ यात्रु रहेको बस आगजनीबाट पूर्णरुपमा क्षति पुगेको थियो भने सबै यात्रु सकुशल रहेका थिए ।

यसैगरी कात्तिक ३ गते सुनसरीको इटहरीका पनि गुडिरहेको भ्यानमा अचानक आगलागी भएर नष्ट भयो । इटहरी उपमहानगरपालिका–१ हलगाडस्थित कोशी लोकमार्गमा तार सर्ट भई गुडिरहेको भ्यानमा अचानक आगलागी भएर जलेर नष्ट भएको थियो । यसरी गाडीमा आगो लाग्नुमा तार सर्ट हुनु, इञ्जिनमा समस्या, पेट्रोल लिक हुनु जस्ता कारण प्रमुख कारण रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah