काठमाडौं, २८ कात्तिक । इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाइएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले वायुसेवा सञ्चालक संघले सिफारिस गरेको हवाई भाडा दर अनुमोदन गरेपछि हवाई भाडादर बढाइएको हो ।

कात्तिक २८ गतेदेखि नै नयाँ भाडा दर लागु भएको संघले जनाएको छ । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्‍याएको छ । संघकाअनुसार अधिकतम २२० रुपैयाँ र न्यूनतम ३० रुपैयाँले भाडा बढेको छ । काठमाडौं धनगढी रुटमा सबैभन्दा बढी २२० रुपैयाँ हवाई भाडा बढेको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ । पोखरा–विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्छ । काठमाडौंबाट जुम्ला उडानमा १७० रुपैयाँ भाडा बढी पर्नेछ । काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको वायुसेवा संचालक संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah