दमक÷/झापाको दमक–१ स्थित किरात राई जातिको साकेला थानमा अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोड हुदाँ सोकलाको त्रिशुल तोडफोड गर्नुका साथै त्यहाँ लगाईएका विरुवाहरु काटेर क्षति पु¥याँएका छन् ।
करिव १५ कठ्ठामा फैलिएको रतुवा खोलाको किनारमा अवस्थित सो साकेलाको संरक्षण किरात राई यायोक्खा दमक नगर प्रांरभिक समितिले गदैंआएको छ ।
२०७२ सालदेखि संरक्षित साकेला थानमा दमकका राई समुदायहरुले आफना चाडपर्वमा सामूहिक भेला भई पूजाआजा गरिआएका छन् ।
त्यहाँको साकेला क्षेत्रलाई मनोरञ्जन क्षेत्रको रुपमा विकास गर्न उद्देश्यका साथ यायोक्खाले विभिन्न पूर्वाधारहरु समेत बनाउदै आएको छ ।
यायोक्खा नगर अध्यक्ष अध्यक्ष बासुदेव राईले हालै सम्पन्न निर्वाचनका समयमा मौका छोपेर आफना साकेला थानमा समग्र किरातधर्मवलम्वी माथि आघात पुग्ने गरि साकेला थानमा यस्तो आक्रमण सुनियोजित भएको बताए ।
सोमबार यायोक्खाले दमकमा पत्रकार सम्मेलन गरि अध्यक्ष राईले आफना सांस्कृतिक धरोहर माथि आक्रमण गर्नेको खोजी गरि कारवाही गर्न प्रशासनसंग आग्रह गरे ।
साकेला थानमा भएको तोडफोडको घटनाप्रति वडाध्यक्ष ताराप्रसाद अधिकारीले स्थलगत जानकारी लिएका थिए ।
यसैवीच, साकेला तोडफोडको घटनाका बारे यायोक्खाले दमक नगरपालिका, इलाका प्रहरी कार्यालय दमकमा जानकारी समेत गराईएको नगर सचिव ख्याम राईले जानकारी दिए ।



