झापा । झापाको कचनकवलमा एकादशी पर्वको लागि भन्दै द्वादशीका दिन बिदा दिएका छन् । कचनकवल गाउँपालिकाले सूचना जारी गरी स्थानीय बिदा दिएको हो । गाउँपालिकाको मिति कात्तिक २९ गतेको सूचना अनुसार हिन्दुहरूको महान् चाड हरिबोधिनी एकादशीका ब्रतालुहरुद्वारा एकादशीको रात भजन–कीर्तनका साथ जाग्राम बसी द्वादशीका दिन उद्यापन गरिने भएकोले कात्तिक ३० गते मङ्गलवार स्थानीय बिदा गरिएको र उक्त दिन यस गापाअन्तरगतका सबै कार्यालय बिदा रहने जनाइएको छ । त्यस्तै शिवसताक्षी नगरपालिका ११ स्थित राष्ट्रिय रमणीय आदर्श माविमा पनि आज बिदा दिइएको छ ।




