बम फालेर कयौंको ज्यान जोगाउने प्रहरी हवल्दारलाई १५ सय पुरस्कार दिएको भन्दै समाजिक सञ्जालमा भइरहेको आलोचना प्रति गृह मन्त्री जनार्दन शर्माले प्रतिक्रिया दिएका छन् ।

प्रहरी हवल्दारलाई १५ सय दिएको भन्दै भइरहेको आलोचनाको खण्डन गर्दै जनार्दन शर्माले आफ्नो फेसबुक पेज मार्फत स्पष्ट प्रतिक्रिया दिएका हुन् ।

समाजिक सञ्जालमा प्रहरी मार्नेलाई १ करोड र कयौंको ज्यान जोगाउनेलाई १५ सय रुपैयाँ पुरस्कार दिएको भन्दै व्यापक आलोचना भएपछि गृहमन्त्री शर्माले ती हवल्दारसँग गृह मन्त्रालयमा भेट भएको तर, भेटका क्रममा आफुले १५ सय पुरस्कार नदिएको स्पष्ट पारेका छन् ।

गत १४ असारमा स्थानीय तहको चुनाव भइरहेका बेला दाङमा मतदास्थलमा फालेको बमलाई प्रहरी हवल्दार दुर्गाबहादुर रानाले मतदानस्थल भन्दा बाहिर फालेर कयौंको ज्यान जोगाएका थिए ।
सो बम मतदानस्थल भन्दा बाहिर फालेको केही सेकेन्डमै सो बम विस्फोट भएको थियो । हवल्दार राना दाङबाट काठमाडौं आएलगत्तै मङ्गलबार गृहमन्त्रालयमा गृहमन्त्री शर्मालाई भेट्न गएका थिए ।

उनी गृहमन्त्रालयमा गएपछि मन्त्रीप शर्माले उनलाई १५ सय रुपैयाँ पुरस्कार दिएको भन्दै समाजिक सञ्जाल फेसबुकमा व्यापक आलोचना भइरहेको छ ।

फेसबुकमा भइरहेको आलोचना प्रति गृहमन्त्री शर्माले यस्तो प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah