बिर्तामोड । नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपाल जिल्ला कमिटी झापाको अध्यक्षमा सुनिल थापा चयन भएका छन् । झापाको बिर्तामोडमा नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घको झापा जिल्ला भेला र कमिटी गठन कार्यक्रममा सुनिल थापाको अध्यक्षतामा १५१ सदस्यीय युवा सङ्घ नेपाल जिल्ला कमिटी झापाको गठन गरिएको हो ।

युवा सङ्घ नेपाल जिल्ला कमिटी झापाको उपाध्यक्षहरूमा प्रबल भण्डारी, कृष्ण लोहार, चेतन पौडेल , सचिवमा प्रतीक राजवंशी, सहसचिवहरूमा राज लावती, दीपक खनाल, वीरेन्द्र राजवंशी, मोहन गुप्ता र कोषाध्यक्षमा पार्वती राजवंशी रहेका छन् ।

युवा सङ्घ नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्र बारकोटीको अध्यक्षता तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य विमला देवकोटाले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य नीलमणि बराल, झापा अध्यक्ष बेदराज रेग्मी, जिल्ला सदस्य धर्म सिवाकोटी, युवा सङ्घ नेपालका केन्द्रीय कोषाध्यक्ष दीपक दवाडी, प्रदेश अध्यक्ष प्रत्युस रानालगायतले शुभकामना मन्तव्य राखेका थिए भने केन्द्रीय सचिबालय सदस्य हरि कृष्ण पौडेलको पनि सहभागिता रहेको थियो । कार्यक्रममा समाजवादी प्रेस सङ्गठनका सल्लाहकार लीला बराल , प्रदेश नं. १ का उपाध्यक्ष तीर्थ सिग्देल ,अनिलदेव राई, शङ्कर थापा, अर्जुन मेचे, राजन थापा , गोपाल एक्तेन लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन युवा सङ्घ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य नवीन इजमले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah