नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

आइतवार विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरूले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिनेसमेत बताए ।

‘समस्याको कारण पनि खोज्नु पर्‍यो समाधान पनि निकाल्नु पर्‍यो । यसको निमित्त सबैभन्दा पहिले सत्तामा बसेको पक्ष अर्थात् सरकार गम्भीर बन्नुपर्‍यो,’ उनले भने, ‘जनतालाई पीडामा वेदनामा पुर्‍याएर कर वृद्धि गर्ने कुरा पनि हुन सक्दैन । बोर्डरमा भएका समस्यालाई समाधान गर्ने उपायहरू खोज्नु पर्दछ । जनतालाई रोजगारी प्रदान गर्ने बारेमा बृहत् योजनाको खाँचो छ ।’

अध्यक्ष नेपालले खाना पकाउने ग्यासमा १२ दिनमा १२५ रूपैयाँ प्रतिसिलिण्डर मूल्यवृद्धि गर्नु जनतामाथि अत्याचार भएको बताए । ‘रक्सौलबाट पाइपलाइन जोडिसकेपछि सस्तो हुनुपर्ने हो, मैले पनि बुझिरहेको छैन, किन महँगो भइरहेको छ,’ उनले भने, ‘हिजो कति खर्च हुने गर्दथ्यो ? त्यसमा ढुवानी लागतका कुरादेखि लिएर जति तेल भरिएको छ, त्यो यहाँ आउँदा बीचैमा चोरिने त्यसले हुने गरेको जुन नोक्सानी कति भएको छ, त्यो हिसाबकिताब हुन्छ कि हुँदैन ? यी सबै कुराहरूको बारेमा सम्बन्धित निकायमा म पनि बुझौँला ।’

अध्यक्ष नेपालले सत्तामा हुँदा र बाहिर हुँदा पनि जनतासँग जोडिने र जनताको आवाजलाई सत्तासम्म पुर्‍याउने जिम्मेवारी राजनीतिक दलहरूको भएको बताउँदै सडकसँग सधैँ जोडिरहनु पर्ने धारणा राखे ।

अखिल क्रान्तिकारी, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलगायतका ५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा भएको करको दायरा घटाइ मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेका छन् । विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah