राप्रपाको तर्फबाट इटहरी उपमहानगरपालिकाका मेयर उम्मेदवार रोहित कार्कीले पार्टी परित्याग गरेका छन् । उनले खनारमा कार्यकर्ता भेला गरेर पार्टी छाडेको घोषणा गरेका हुन् । उनले आफू अन्य कुनै पनि पार्टीमा नजाने र तटस्थ बस्ने बताएका हुन् ।
सोमबार नै उनले उक्त घोषणा गरेपनि मंगलबार रातीसम्म राजिनामा पत्र भने बुझाएका छैनन् । एक–दुई दिनमा पार्टीको जिल्ला कमिटिको बैठकमा उनले राजिनामा पत्र बुझाउने अनुमान गरिएको छ । यो विषयमा उनको प्रतिक्रिया लिन फोन गर्दा फोन उठेन ।
चुनावमा जमानत नै जफत भएपछि नैतिकताका आधारमा पार्टी छाडेको हुन सक्ने बताइएको छ । तर उनी चुनावमा पार्टीको नगर समितिले खेलेको भूमिकाप्रति पनि असन्तुष्ट थिए । उनले चुनाव प्रचारप्रसारमा आवश्यक सहयोग नपाएको गुनासो गरेका थिए ।
राप्रपाको राम्रो आधार इलाका मानिएको इटहरीमा कार्की मेयरमा उठेका थिए । पराजित नै भएपनि उनले सम्मानजनक मत पनि ल्याउन सकेनन् । इटहरीमा एमालेका द्वारिकलाल चौधरी २२६८९ मत ल्याएर विजयी हुँदै गर्दा कार्कीले ३७१५ मत मात्र ल्याउन सकेका थिए । अघिल्लो संविधानसभाको निर्वाचनमा राप्रपाले इटहरीमा दोस्रो ठूलो मत ल्याएको थियो । राप्रपाले यो चुनावमा १० हजार मत ल्याउने अनुमान पार्टी पंक्तिले गरेको थियो । न्यूज लय बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah