हिमपातले हुम्लाको हिमालपारिको गाउँ लिमीमा १५ सय चौरीसहित पशु उच्च जोखिममा परेका छन्। बाक्लो हिउँले घाँसको व्यवस्था नहुँदा १५ सय चौरीसहितका पशु उच्च जोखिममा परेका हुन्। घाँस अभावले पशु जोगाउन कठिन भएको यहाँका पशुपालक किसानहरुले बताएका छन्।

नाम्खा गाउँपालिका–६ लिमीको हल्जी गाउँका फुन्जोक लामाले यसवर्ष हिउँले घाँस छोपिएपछि पशु पाल्न कठिन भएको बताए। लिमीका बासिन्दाको जनजीवनसमेत कष्टकर बन्दै आएको छ। यस्तो अवस्थामा भएको पशुसमेत जोगाउन धौधौ भएको लामा बताउँछन्।

उनले आठ वटा चौरीसहित ३५ पशु पालेका छन्। यसवर्ष छिटो हिमपात हुँदा पशुपालकहरुले घाँसको व्यवस्था गर्न पाएका छैनन्। ‘अहिले घाँस जति सबै हिउँले ढाकिएको छ। हिउँ जम्न सुरु भएको कारण चराउनसमेत कठिन भएको छ’, लामाले भने, ‘यसअघि हिउँ पर्नुअघि नै घाँस काटेर सुरक्षित गरिन्थ्यो। यस वर्ष त्यसरी घाँस काटेर राख्न पाइएन।’

यता हल्जी गाउँका फुर्बा तामाङले हिमपातको कारण पशुपालन संकटमा परेको बताए। हिउँले घाँस ढाकिएकाले खोले पकाएर खुवाउनपरेको उनी बताउँछन्। ‘अन्न पनि कम उत्पादन भएको कारण खोले खुवाउन किसानलाई समस्या छ’, तामाङले भने, ‘अहिले घाम लागेको बेला हिउँमा पशु पठाउने र बेलुका गोठमा ल्याएर हुल्ने कार्य हुँदै आएको छ।’

नाम्खा गाउँपालिका–६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीमा १४७ घरधुरीका बासिन्दाले चौरीसहित एक हजार पाँच सय पशु पाल्दै आएको जानकारी दिए। अन्य पशुमा जुमा, झोपा, घोडा रहेका छन्। घाँस नपाएर पशु भोकै बस्नुपर्ने भएपछि किसानहरु चिन्तामा परेको उनले बताए।

‘किसानसँग अन्य विकल्प छैन’, वडा अध्यक्ष तामाङले भने, ‘चौरीलगायत पशु जोगिएलाजस्तो छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah