‘मेरो नाम बेचेर, नक्कली स्वर निकालेर पैसा उठाउनेलाई कारबाही गरिपाऊँ भनेर जति कराउँदा पनि कारबाही भएन । स्वर नक्कली, काम नक्कली, कारबाही नक्कली ’ यो के चाला हो ?’

यासो भन्दै बैठकमा उपाध्यक्ष बामदेव गौतम कड्किएपछि नेताहरु आपसमा हेराहेर गर्न थाले । किनभने, सबैलाई विस्तृत विवरण थाहा थिएन ।

सोमबार एमाले स्थायी समिटी बैठकमा चुनावी घात, प्रतिघातसँगै अनुचित तवरले आर्थिक संकलन गरिएको विषय जोडदारसँग उठ्यो । मोरङको रुपनारायण काण्डपछि उपाध्यक्ष वामदेव गौतममाथि प्युठानमा त्यस्तै झ्याउलो आइलाग्यो ।

‘मैले कत्ति कराएँ, त्यही पनि कारबाही हुँदैन । मैले भन्दा त कारबाही हुँदेन भने अरुको झन् के हालत होला ?’ भन्दै उनले आफ्नो व्यथा सुनाउन थालेपछि उपमहासचिव एवं प्रदेश नम्बर ५ का ईन्चार्ज विष्णु पौडेलले भने, ‘त्यो बुबुरोलाई मात्र के कारबाही गर्नु ? सके त्यसलाई संरक्षित गर्नेलाई पो कारबाही गर्ने हो त ।’

प्रसंग हो बामदेवको स्वरमा ठाउँ–ठाउँ फोन गर्दै उनकै नातेदार भन्दै लाखौँ उठाउने जिल्ला उपसचिव मधुर शर्माको । उनले नेपालगञ्जस्थित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई फोन गरे, बामदेवको स्वरमा । ‘मधुर मेरा नातेदार हुन्, कार्यकर्ता पनि हुन् । थारु विद्यार्थीको सम्मेलन छ । २० लाख दिनु है ।’

यसरी फोन गरिवरी मधुर पुगे, रायलाई भेट्न । १२ लाख रुपैयाँ हात पारे । बाँकी पछि लिनेगरी । पहिला माले समर्थक, पछि फोरममा लागेका राजेन्द्रवीर खासमा राई हुन् । तर, राय थर लेख्दा तराईमा सजिलो पर्ने हुँदा त्यस्तो थरमा फोरमको राजनीीत गर्न थालेका छन् । मधुर पैसा लिन पुग्दा उनले आशंका मान्दै सोधेका थिए, ‘हैन यो पैसा के का लागि रे ? त्यसपछि मधुरले विश्वस्त तुल्याउन एउटा नक्कली फोन गरे, सुर्खेतका नेता यामलाल कडेललाई गरेजसरी । ‘कमरेड, मैले पैसा पाएँ है’ भनेर फोन काटेपछि राजेन्द्रवीरले पत्याउनै पर्यो ।

मधुरको हातमा पैसा दिएको केही दिनपछि काम विशेषले राजेन्द्रवीर काठमार्डौ पुगे । बामदेवसँग उनकै भैसेपाटीस्थित घरमा भेटे । त्यसबेला भनिहाले, ‘अस्ती हजुरले भनेको मान्छेलाई मैले सहयोग गरेको थिएँ ।’ बामदेव झस्किए, ‘के रे !’ ‘हजुरले फोन गरेर थारु विदार्थी सम्मेलनका लागि २० लाख चाहिया छ । फलानो मान्छे आउछ । दिएर पठाउनु भनेको होइन ।’

हुँदे नभएको र भन्दै नभनेको कुराले उकछिन बामदेवलाई चक्कर लगायो । ‘अनि पैसा दिनुभो त ?’ राजेन्द्रवीरले भने, ‘२० पसगेन । १२ थियो । त्यही दिएँ ।’ राजेन्द्रवीरको मुख हेरेर बामदेव ट्वाल्ल परे । फेरि भने, ‘ए दिई नै सक्नुभो ।’ ‘राजेन्द्रवीरले भने, ‘हजुरले नै फोन गरेर भनिसकेपछि नदिऊँ कसरी ।’

बामदेव कराए, ‘मेरो नाममा पैसा दिने, मलाई फोन गरेर किन सोध्नुभएन ?’ अब झस्किने पालो आयो राजेन्द्रवीरको । सोधे, ‘त्यसोभए हजुरले भनेको होइन त ?’ मैले किन भन्छु त्यस्ता कुरा । भनेछु नै भनेपनि त्यस्तालाई पठाउछु होला त ? पहिला पनि मेरै नाममा पैसा उठाउदा उठाउदै समातेको मान्छे ।

अबदेखि गदिृन गल्ती भयो भनेपवछि लौत भनेको फेरि पैसा उठाउँदै हिँड्ने ?’ बामदेव रिसाएको देखेपछि राजेन्द्रवीर डराए । ‘मैलै दिइहाले, अब के गर्ने त हजुर ?’ बामदेवले भने ‘उठाउनस् त्यो पैसा । पुलिस् लगाएर हुन्छ कि के गरेर हुन्छ । मैले भनदिनुपरे भनिदिउला ।’

बामदेवले प्युठानको पार्टी नेतृत्वलाई छानबीन गरेर कारबाही अघि बढाउन भने । उनलाइृ पार्टीको कुनै कार्यक्रममा सहभागी नगराउने निर्णय भयो । तर, त्यसले दोस्रो चरणको निर्वाचनमा प्रभाव पर्छ कि भनेर कारबाही फुकुवा भयो । स्मरणीय छ, उनै मधुर १२ वर्ष पहिला पनि बामदेवको नाममा पैसा उठाउदा उठाउदै पक्राउ परेका थिए ।

जनआस्थाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah