बिष्ष्णुप्रसाद पोखरेल
दमक /झापाको दमकमा सम्भवत नेपालमा नै पहिलो पटक ‘नलेज’ बैकको स्थपना गरिने भएको छ ।
दमक नगरपालिकाका नव निर्वाचित नगर प्रमुख रोमनाथ ओलीले आफूले दमकको बिकास र यहाँको सम्बृद्धिका लागि बौद्धिक ब्याक्ति तथा सर्वसाधरणको दृष्टिकोण तथा बिचारलाइ संग्रहित गर्नका लागि नलेज बैक स्थपना गर्ने बताएकाहुन् ।
सुन्दा अचम्म लागेपनि यो गरेर छाड्ने र यो सम्भव भएको ओलीले बताए । ओलीले रगत जम्मा गरेर धेरैको ज्यान बचाउने काम ब्लड बैकले गरेजस्तै बिकासका लागि बुद्धिजिबि तथा सर्वसाधरणका सुझाव र योजनालाइ संग्रहित गरेर नगरपालिकाले राख्ने कार्य शुरु गर्ने जनाए । 
उनले भने–‘मानिसहरुको बुद्धि र बिवेकलाइ पनि जम्मा गर्न सकिन्छ र आवश्यकता परेको अवस्थामा रोयल्टि तिरेर त्यसको प्रयोग गर्नु पर्छ ।’
यो बैकमा राखिएका बिचार तथा दृष्टिकोणलाइ कम्प्यूटराइज गरेर बिश्वका जूनसुकै ठाँउमा हेर्न र पठाउन समेत सकिने उनको भनाइ छ ।
अडियो, भिडियो, लिखित, मौखिक जुनसुकै तवरबाट पनि नगरपालिकोको बिकास र नगरपालिकासंग सम्बन्धित जुनसुकै बिषयका सुझाव, गुरुयोजना, बिचार जो कोहिले पनि नगरपालिकालाइ उपलब्ध गराउन सक्ने ब्यवस्था मिलाइने उनले बताए ।
राम्रो सुझाव र बिचार आएको अवस्थामा त्यसको प्रयोग नगरपालिका तथा समाजिक संघसंस्थाहरुले गर्न सक्ने भन्दै उनले भने–‘ त्यो उहाँहरुकै सम्पती हुने छ र त्यो उपयोग गरेबापत रोयल्टि समेत प्रदान गरिने छ ।’
अहिलेसम्म क्षमतावान ब्याक्तिहरुको भिजनलाइ सुन्ने र संग्रहित गर्ने काम नभएकाले यो जरुरी रहेको देखेर आफूले निर्वाचनको समयमा समेत यो प्रतिबद्धता गरेको ओलीले बताए ।



