नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश एमालेको गौरव रहेको वताएका छन् । बिहीबार तराई मधेशका बुद्धिजीवीहरुसंग साक्षात्कार गर्दै उनले सो कुरा बताएका हुन् ।
बीस सालमा राजाको निरंकुश शासनमा मारिएका दुर्गानन्द झालाई आफु प्रधानमन्त्री हुँदा सहिद घोषणा गरेको प्रसंग उठाउँदै ओलीले एमालेलाई मधेश बिरोधी भन्नेहरुले मधेशका निम्म वर्गलाई माथि उठ्न नदिएको दावी गरे ।
एमाले परिवर्तनको वाहक भएको वताउँदै ओलीले भने, ‘देशको समग्र समस्या समाधान गर्नुपर्ने अभिभारा एमालेको काँधमा छ । त्यसवाहेक पनि तराई मधेशमा भएका खास समस्या समाधान गर्न एमाले कहिल्यै पछि पर्दैन ।’
भौगोलिक वनोटका आधारमा पनि हिमाल,पहाड र तराई फरक पार्न नहुने तर्क अघि सार्दै ओलीले भने, ‘तराई सुगममा छ तर हिमाली दुर्गम भेगभन्दा पनि पछि छ ।’
बिगतको निरंकुश शासन सत्ताले पनि तराई मधेशलाई पछि पारेको ओलीको ठहर छ । मौलिक हकमा नै उल्लेख भएको हक अधिकारलाई एमालेले सधै सम्मान गर्ने ओलीले बताए ।
संबिधानले प्रत्याभूत गरेको हक अधिकारलाई सरकारले कार्वान्यवन गर्नुपर्ने उनको तर्क थियो । ‘कानुन र संरचना निर्माण गरेर अधिकारलाई कार्यान्वयनमा लैजानु सरकारको कर्तब्य हो, ओलीले भने ।
तराईका क्षेत्रमा स्वास्थ्य र शिक्षामा भएको अवस्थावारे चिन्ता ब्यक्त गर्दै ओलीले महिला साक्षारता दर र वालमृत्यु दर तराईका सुगम भनिएका जिल्लाहरुमा बढी रहेको तथ्यांक प्रस्तुत गरे ।
यस्ता समस्या समाधान गर्ने उद्धेश्यका साथ एमालेले काम गरिरहेको तर, एमालेको नीतिको ब्यख्या उल्टो गरेर मधेशका ठूलाठालुले समस्या पैदा गरेको उनले वताए । यसरी उल्टो ब्याख्या गर्नेहरुलाई समस्या समाधान गर्न उनले चेतावनी पनि दिए ।
मधेशमा धेरै प्रकारका संस्कृति, भाषाभाषी र भेषभुषा भएको प्रसंग उठाउँदै ओलीले तिनीहरुको जगेर्ना गर्न एमाले सधै तयार रहेको वताए ।
जनक राजाले हलो जोत्दा सिता निस्किएको धार्मिक प्रसंग उल्लेख गर्दै ओलीले खेतवाट जीवित बच्चा जन्मने मधेशमा अहिले मधेशका घरमा भएको वच्चा अशक्त र रोगी भएकोमा चिन्ता गर्दै भने, ‘तराई मधेशमा परिवर्तन ल्याउने एमालेको नीतिमा रहेको छ ।’
तराई मधेशका दलित र लोपोन्मुख जातिका केटाकेटीलाई निशुल्क पढाउने ब्यवस्था एमाले सरकारले गरेको उदाहरण पेश गर्दै ओलीले एक पक्षीय रुपमा आलोचना गरेकोमा दुःख ब्यक्त गरे ।
अघिल्लो वर्ष भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै अध्यक्ष ओलीले ठूल्ठूला युद्ध हुँदा पनि नाकाबन्दी गर्न नमिल्ने वताउँदै आफु प्रधानमन्त्री हुँदा नाकाबनदीको सामाना गरिएको र आफु र आफ्नो पार्टीले लिएको राष्ट्रियताको अडान जगजाहेर रहेको स्पष्ट पारे ।
उनले भने, ‘नाकावन्दीको समर्थन गर्नेहरुले नै एमालेलाई मधेश विरोधीको आरोप लगाउने गरेका छन् ।’ अध्यक्ष ओलीले भारतीय नाकाबन्दीको पीडा र मधेसी जनताको हक अधिकारको कुरा गरिरहँदा सबै स्तब्ध देखिन्थे । अघिल्लो वर्ष भारतले लगाएको नाकाबन्दीका कारण नेपालीले ठूलो पीडा भोगेका थिए ।
त्योबेला तत्कालीन प्रधानमन्त्री रहेका ओलीले भारत सामु झुक्दै नझुकी देखाएको साहासको अहिले पनि ३ करोड नेपालीले प्रशंसा गरिरहेका छन् । जसका कारण उनको लोकप्रियता ह्वात्तै बढेको थियो ।



