चितवन, १३ मंसिर : नेकपा (एमाले) दसौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीद्धारा प्रस्तावित आदिवासी जनजाति केन्द्रीय सदस्यहरुको सूचीमा पुराना नेतादेखि नयाँ समेत समेटिएको छ ।
३०१ केन्द्रीय कमिटीमा पुराना हाल केन्द्रीय कमिटिमा रहेका हरिबहादुर राई, दलबहादुर राना, गोकुल घर्ती मगर लगायत समावेश छन् । यसैगरी नयाँ सदस्यको रुपमा काठमाडौं महानगरपालिकका मेयर विद्या सुन्दर शाक्य, पूर्व मेयर केशव स्थापित पनि समावेश भएका छन् ।
यी हुन् आदिवासी जनजाति तर्फका प्रस्तावित सूची
अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, हरिबहादुर राई, डम्बरसिंह सम्बहाम्फे, टेकबहादु बलम्पाखी, कमलजंग राई, दावा लामा, लिलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजवंशी,जमिन्द्रबहादुर घले, सिपी घर्ति, विद्यासुन्दर शाक्य, केशव स्थापित, अजय क्रान्ति शाक्य, जगदिश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगा यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो,प्रभु हजारा, पशुपती दयाल मिश्र, राजकुमार गुप्ता, मोदी दुगड, सुशील श्रीवास्तव
अध्यक्ष ओलीले सहमतिको प्रस्ताव भन्दै ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम महाधिवेशनको बन्दसत्रमा पेश गरेका हुन् । सूचीमा आपत्ति हुनेका लागि निर्वाचन लड्ने बाटो खुल्ला राखेको जानकारी दिए ।



